राजन भट्टराईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा भईरहेको विकास निर्माण कार्यहरूको निरीक्षण



२० साउन २०७५, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं परराष्ट्रविद्व डा. राजन भट्टराईले काठमाडौं निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा भईरहेको विकास निर्माण कार्यहरूको निरीक्षण गरेका छन्।

भट्टराईले त्यहाँ निर्माणाधीन खानेपानी, ढल, स्कूल र सडकको निरिक्षण गरेका थिए । उनले बुढानिलकण्ठ नगर भित्र एक घर एक खानेपानी सहितको धारा हुनु पर्ने अाफ्नो चुनावी घोषणापत्रमा समावेश गरेका थिए।

अाफ्नो चुनावी घोषणापत्रमा समावेश गरे बमोजिम अा.ब २०७४/०७५ मा रू पचास लाख (५०,००,०००) र हालको अा.ब २०७५/०७६ मा तीन करोड बीस लाख (३,२०,००,०००) रूपैयाँ अाफ्नो विशेष पहलमा बुढानिलकण्ठ नगर अन्तर्गत वडा नं १३ चुनिखेलमा बिनियोजन गराएका थिए ।

२०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट तत्कालिन एमालेको तर्फबाट समानुपातिक सभासद बनेका भट्टराई २०७४ सालको प्रतिनिधिसभाको चुनाबमा पनि काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाटै वाम गठबन्धनको तर्फबाट प्रत्यक्षमा लडेर पराजित भएका थिए । पराजित भएपनि विकास निर्माणमा आफ्नो निर्वाचन क्षेत्रमा भट्टराई सक्रिय देखिन्छन।

प्रतिक्रिया दिनुहोस्