नेपाली विद्यार्थीहरुद्धारा बनाईएको रोबोट अन्तराष्ट्रिय प्रदर्शनमा



१९ साउन २०७५, काठमाडौं

इञ्जिनियरिङ पुल्चोकी संस्थानका विद्यार्थीहरुले बनाएको रोबोट अन्तराष्ट्रिय स्तरमा प्रतियोगिताका लागि लगिने भएको छ । आगामी सेप्टेम्बर २५ मा भियतनामको निङविङमा हुने अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा आफुहरुले बनाएको रोबोट प्रदर्शन गर्नका लागि उनीहरु तरखरमा जुटेका हुन् ।

भियतनाममा हुन लागेको प्रतियागितामा जापान, चीन, थाइल्याण्ड, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का, कम्बोडिया, रसिया, इजिप्ट तथा मङ्गोलियाका विद्यार्थीहरुले बनाएको रोबोटहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् ।

यसअघिको वर्षहरुको प्रतियोगिताहरुमा पनि दक्षिण एसियाको प्रदर्शन उत्कृष्ट रहँदै आएको र विभिन्न समयमा भएको प्रतियोगितामा पनि पदकहरु हात पार्दै आएकोले  यस वर्ष हुने प्रतियोगितामा पनि उनीहरुमाथि थप चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्