प्रमुख सचेतकदेखि कानुनमन्त्रीसम्मको यात्रामा भानुभक्त ढकाल (संछिप्त परिचय सहित)



१८ साउन २०७५, काठमाडौं

नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा तत्कालिन एमालेका प्रमुख सचेतक, नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल नियुक्त भएका छन्। लामो समयदेखि राजनीतिमा क्रियाशील ढकाललाई आज बसेको मन्त्रीपरिषदको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेको हो।

 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्राहरु माथि गलत र विभादित अभिव्याक्ति दिएर आलोचित भएसँगै नैतिकताको आधारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट शेरबहादुर तामाङले राजिनामा दिएसँगै उक्त पद खालि रहन गएको थियो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ढकाल नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भुमि सुधार तथा गरिवी निवारण मन्त्रीमा बढुवा गरिएको छ। त्यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा भने संघीय समाजवादी फोरम (नेपाल) का सुरेन्द्र यादवलाई नियुक्त गरिएको छ। उनीहरुलाई आजै साँझ ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ।

को हुन् कानुन मन्त्री ढकाल ?

बि.सं. २०१८ साल पुस २१ गते तेर्हथुम जिल्लाको ओख्रे भन्ने ठाउमा जन्मिएका ढकाल विद्यार्थी राजनीति गर्दै पार्टी संगठनमा क्रियाशील भएका थिए। २०५३ सालमा तत्कालिन एमाले निकट अनेरास्ववियुका महासचिवसम्म बनेका ढकालले २०४५ सालमा तत्कालिन माले पार्टीको सदस्यता लिएका थिए।

पार्टीको विभिन्न जिम्मेवारी सहज रुपले पुरा गर्ने ढकाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद बनेका थिए। त्यो सँगै उनि दोस्रो संविधानसभापछिको संसदमा १ बर्ष ९ महिना तत्कालिन एमालेको प्रमुख सचेतक समेत बनेका थिए।

तेर्हथुम जिल्ला अन्तर्गत सिंहवाहिनी व्यावसायिक मावि म्याङ्लुङबाट एसएलसी दिएका ढकालले नेपाल ल क्याम्पस प्रदर्शनीमार्गबाट आईएल र विएल गरेका छन्। त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट एमए समेत गरेका छन्।

नेता ढकालले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष तर्फ जित्दै सांसद बनेका थिए। नोबेल मेडिकल कलेजका संचालक कांग्रेस नेता डाक्टर सुनिल शर्मालाई १९०६ मत अन्तरले पराजित गर्दै एमालेबाट सांसद बनेका ढकाल तत्कालिन एमालेको प्रमुख सचेतक समेत थिए।

तत्कालिन एमाले पार्टीभित्र अध्यक्ष केपी ओली निकट भनेर चिनिने ढकाललाई ओली समुहको एक खम्बाको रुपमा पनि चिनिन्थ्यो। उनले विविन्न कालाखण्डमा गरी करिव ३ वर्ष राजनैतिक मुद्दामा जेल जीवन बिताई सकेका छन्।

सहासी, स्पष्ट वक्ता, लगनशील र वैचारिक नेताको रुपमा परिचित ढकालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्वेवारी सहजताका साथ निर्वाह गर्नेमा धेरैले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्