भरतपुर महानगर क्षेत्रको मुख्य चोकमा ट्राफिक पोष्ट राखियो



१८ साउन २०७५, चितवन

चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ । महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता बनाउन महानगरले विभिन्न २० स्थानमा दिगो शहरी विकास नीति अनुसार यस्तो ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो।

चितवनको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको दुई साता भित्र नै भरतपुर महानगरकी मेयर रेणु दाहालले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहजता बनाउन ट्राफिक पोष्ट (आइल्यान्ड) खडा गर्न लगाएकी हुन् ।

भरतपुर महानगरको वोर्ड बैठकबाट निर्णयबाट भैई भरतपुरमा ट्राफिक पोष्ट राखन थालिएको मेयर सचिवालयले जनाकारी गराएका छन् । सबै सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत रहेर महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा.लि.ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।

श्रद्धा श्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता भएको महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले परिवर्तन खबरलाई बताए । श्रद्धाले २० वटा वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने समेत उनले जानकारी दिए ।

उनको अनुसार ‘सडकमा भिड कम भएको वेलमा ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिल्नेछ अनि नत्र पुलिसकाे काममा सदा खटिने विश्वास जाहेर गरे । भरतपुरकाे केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखरा बसपार्क चोक, आपटारी चोक लगायतका २० ठाउँ पोष्ट बनाईएकाे मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले बताए ।

पोष्टमा सोलार जडित मोबाइल फोनलाई चार्ज व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत रहेकाे छ । साथै वातावरणमैत्री बनाउन भरतपुर महानगरले तत्कालै अन्य ठाउँका सम्पूर्ण चोकमा समेत यस्ता निर्माण गने जनाए।

प्रतिक्रिया दिनुहोस्