चितवनमा गत वर्ष भन्दा बढी सडक कालोपत्रे



१८ साउन २०७५, चितवन

सडक डिभिजन कार्यालय चितवनले गत वर्ष भन्दा ७० किलोमिटर सडक पिच अर्थात कालोपत्रे गरेको बताएको छ । चितवन र धादिङ सडक निमार्ण र मर्मत गने जिम्मेवारी पाएकाे कार्यालयले पिच र मर्मत गरी ७० किलोमिटर सडक कालोपत्रे गरेको सडक डिभिजन कार्यालय चितवनका प्रमुख ई. धमेन्द्र झाले बताए ।

प्रमुख झाका अनुसार गत आर्थिक वर्षमा सडक निर्माण र मर्मतमा मात्रै ५० करोड भुक्तानी गरिएको उहाँको थियो । त्यस्तै अन्य धेरै काम भएको पूर्ण रुपमा गरेकाे सडकले निर्माण गरेका सबै कालाेपत्रे स्तरीय भएको साथै कतै समस्या नभएको दाबी छ ।

२९ वटा पुलहरु निमार्णधिन अवस्थामा रहेको नयाँ कार्यक्रमहरुमा शारदानगर चनौली ४ किलोमिट डबल लेनको पिच, माडी रिउ खोलाबाट ठोरी तर्फ १५ किलोमिटर पिच र चेपाङमार्ग भण्डारा लोथर २० किलोमिटर स्तरोन्नतीको काम यो आर्थीक वर्षमा सुरु भईसकेको कार्यालयका सुचना अधिकारी ई.कृष्ण आचार्यले बताए । कार्यालयले चितवन धादिङ गरी दुई जिल्लाको झण्डै ५०० किलोमिटर सडक बनाउने र मर्मत सुधारको जिम्मेवारी लिईएकाे प्रमुख झाकाे भनाईरहेकाे छ ।

पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड, त्रिभुवन राजपथको पिप्लामोड नौबिसे, नौबिसे सोपेहाङ, मलेखु धादिङ, चितवनमा हुलाकी सडक भरतपुर माडी ठोरी, चेपाङ मार्ग,महेन्द्र राजमार्गको पुलचोक लोथर, आपटाडी देवघाट, टाडी सौराहा, रामपुर मेघौली र भरतपुर वाईपास सडक गरेर ५०० किलोमिटरको हाराहारीमा सडक निमार्ण र मर्मत गर्दै गरेका झाको भनाइ रहेकाे छ ।

आफ्नो क्षेत्राधिकार भित्र पर्ने सबै सडकहरुमा कहि कतै समस्या नभएको र सडकमा साना साना खाल्डा पर्ना साथ कार्यालयले तुरुनतै मर्मत गर्ने काम गरेको बताए । सामान्य मर्मत कार्यालय आफैले र ठुला मर्मत गर्नु परेमा ठेक्का लगाएर धमाधम काम भएको झाकाे दाबि छ । लगातार पुलचोक देखि गोन्द्राङ सम्मको सडकमा अति चाप बढेकाले मुख्य चोकहरुमा यात्रुको सहजताका लागी आकाशे पुल या जमिन मुनीबाट बाटोको ब्यवस्था तत्कालै गर्नु पर्ने अवस्था रहि रहेकाे बताए।

महानगरले राम्रो योजना बनाउन जरुरी रहेकाे र कार्यान्वयनको चरणमा पुर्याउन बिगत वषौ देखि पिच हुन नसकेर समस्यामा रहेको आपटाडी देवघाट सडक र देवघाट बसपार्क यो पटक स्तर उन्नती र पिच भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

धमेन्द्र झाले विकासमा स्थानियसंग सहकार्य गर्ने र बाटो घाटो बिकास र बिस्तारमा निकै चासो देखाएर काम गरि आफुले अनुभुति गरेका पौडेल खुशि भए ।झाकै पहलमा देवघाट जाने बाटो र बसपार्कले मुहार फेरेको पौडेलकाे भनाइ छ ।

झाले क्षेत्राधिकार बाहिर पर्ने सडकमा पनि नगरबासिको आग्रहलाई सम्बोधन गर्दै बाटो मर्मत र पिचमा साथ दिएको भरतपुरका जनप्रतिनिधिहरु हुन भनेर अापनाे कायममुकायम काममा तल्लिन भएर बाटाे निमाण गरिरहेकाे झाले बताए

प्रतिक्रिया दिनुहोस्