संसारका सबैभन्दा ह्यान्डसम प्रधानमन्त्री को ?



१७ साउन २०७५

के तपाईहरुलाई थाहा छ विभिन्न देशका नेताहरूको सुन्दरता तुलना गर्ने वेबसाइटहरू पनि छन् नि ।संसारका  प्रमुखलाई रेटिङ गर्ने गर्दछ , https://hottestheadsofstate.com‍. ले ।

यो सूचीको शीर्ष स्थानमा अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो छन् । उनीपछि स्पेनका पेद्रो साञ्चेज दोस्रो अनि भुटानका राजा जिग्मे खेसर नामगेयाल वाङ्चुक तेस्रो स्थानमा छन् ।

तर पाकिस्तानको सामाजिक सञ्जालमा अबको केही दिनमा इमरान खानले सरकार बनाएमा उनी नै सबभन्दा ह्यान्डसम सरकारप्रमुख हुन्छन् कि भनी बहस चलेको छ ।

विश्वका ९ सुन्दर राजनेताको सूचिमा इमरान खान अहिले पनि छन्  नौ सुन्दर राजनीतिकर्मीमा इटलीकी पूर्वमन्त्री मारा कारफागना शीर्ष स्थानमा छन् । त्यसपछि पाकिस्तानकी पूर्व परराष्ट्रमन्त्री हिना रब्बानी खार तेस्रो अनि इमरान खान नवौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्