न्युजिल्याण्डको प्राविधिक सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई फेरि नाप्दै



१७ साउन २०७५, काठमाडौं

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न न्युजिल्याण्ड सरकारले नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने भएको छ । न्युजिल्याण्डका भूगणितीज्ञ डा किर्स पियर्सनका अनुसार न्युजिल्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले चार सातादेखि मिलेर नेपाल सरकारको नापी विभागसँग काम गरिरहेको बताईएको छ ।

डा पियर्सनको सहयोगमा सगरमाथाको उचाई नाप्नको लागि पहिलो चरणको काम भईरहेको नयाँ दिल्लीस्थित न्युजिल्याण्ड दुताबासले एक विज्ञप्तीमा जनाएको छ ।

अधिकांश भूगर्भविद्हरुले २०७२ सालको महाभुकम्पका कारणले सर्वोच्च शिखर सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान लगाईरहेका बेलामा नापी विभागले सगरमाथाको सफल आरोहण गरिएको ६५ वर्षको उपलक्ष्यमा दुई वर्षभित्र उचाई नाप्ने योजना अनुसार सगरमाथाको उचाई फेरि नाप्न शुरु गरिएको हो ।

नेपालको नापी विभागले नेतृत्व गरेको यो परियोजनामा सर जर्ज एभरेष्टले अपनाएको परम्परागत नापी विधि र आधुनिक पोजिसिङ सिस्टम रिसिभरलाई सगमाथाको टुप्पोमा लगि नापिने छ । यो परियोजना सन् २०१९ को मध्यसम्ममा सक्ने कार्यतालिका रहेको छ ।

अहिले सगरमाथाको आधिकारिक उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्