अरुलाई सुन्दर बनाउने भोकले दिलायो लक्ष्मीलाई ‘ब्राइडल मेकअप’को उपाधी



१६ साउन २०७५, काठमाडौं

सानो छँदा आफू भन्दा पनि अरु सुन्दर भएको हेर्न चाहने उनी स्कुल जानु अघि साथीसंगीको कपाल कोर्न र उनीहरुलाई सुन्दरी बनाउनमै व्यस्त हुन्थिन् ।

अरुलाई सुन्दर बनाएर रमाउने मेकअप आर्टिष्ट लक्ष्मी पोखरेलले मंगलबार मात्रै राजधानीमा सम्पन्न बेहुली श्रृंगार प्रतियोगिता ‘ब्राइडल मेकअप कम्पिटिसन’ को उपाधी जितेकी छन् ।

उक्त कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जितेकी लक्ष्मीले ११ हजार १११ नगद समेत हात पारिन् ।

तनहुँमा जन्मिएकी लक्ष्मीले गाँउघरमा घाँसदाउरा, मेलापात गरेको अनुभव राम्रैसँग बटुलेकी छिन् । २०५३ सालमा वैवाहिक जीवनमा बाँधिएकी उनले २०५५ सालमा प्लस टु उत्तीर्ण गरिन् ।

घरको काम गर्दै दुई छोरी हुर्काउन व्यस्त रहेको लक्ष्मीमा अरुलाई सुन्दर बनाउने भोक मेटिएको थिएन् । त्यसैले त उनी आफ्नी सासूआमा निदाएको समयमा उनलाई  सुन्दरी बनाउने प्रयत्न गर्थिन् । उनले घर परिवारबाट राम्रै साथ पाइन् ।

‘गाउँमा कोहीको विवाह हुदाँ बेहुली सिंगार्ने काम मेरै जस्तो हुन्थ्यो, उनले भनिन् । मेरो सौन्दर्यता तर्फको लगाव देखेर छिमेकीहरुले त्यसको ट्रेनिङ लिए त झनै राम्रो हुन्छ भन्ने सुझाव दिनुभयो ।’

यसै क्षेत्रमा सफल हुन सक्छु भन्ने उनको सोचाईमा छिमेकीहरुको सुझावले  झनै सहजता थपिदियो । तत्पश्चात उनले रोतहटबाट २०६२ सालमा काठमाण्डौ झरेर ६ महिना व्युटी पार्लरको ट्रेनिङ लिइन् ।

त्यसपछि उनी फर्किएर छोरीको नामबाट घरमै व्युटी पार्लर सुरुवात गरिन् । उनको त्यो सुरुवात समाजका लागि नौलो बन्यो । उनले सुरुवातमा घरमै आफन्त, छिमेकीहरुलाई निम्ता गरेर खानाको व्यवस्था गर्नुका साथै निशुल्क सेवा समेत प्रदान गरिन् ।

गैँडाकोटमै व्युटि पार्लर र ट्रेनिङ  सेन्टरलाईसँगै अघि बढाइरहेकी लक्ष्मीले गत फागुनबाट काठमाण्डौको शंखमुलमा पनि सौन्दर्य जेन्स एण्ड लेडिज व्युटि एकेडेमी नामक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएकी छिन् ।

व्युटी पार्लर सञ्चालन गरेको दुई वर्षपछिबाट  ट्रेनिङ समेत दिन थालेकी लक्ष्मीको परिवार २०६४ मा नवलपरासीको गैँडाकोट बसाइ सर्यो ।

त्यसपछि गैँडाकोटमै व्युटि पार्लर सञ्चालन गर्न थालेकी लक्ष्मीले २०७० सालमा सिटीइभिटी अन्तर्गत व्युटी ट्रेनरको दोस्रो तह उत्तीर्ण गरिन् ।

त्यसपछि उनले ट्रेनिङ सेन्टरको पनि सुरुवात गरिन् । गैँडाकोटमै व्युटि पार्लर र ट्रेनिङ  सेन्टरलाईसँगै अघि बढाइरहेकी लक्ष्मीले गत फागुनबाट काठमाण्डौको शंखमुलमा पनि सौन्दर्य जेन्स एण्ड लेडिज व्युटि एकेडेमी नामक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएकी छिन् ।

ट्रेनर बन्दा आनन्द लाग्ने लक्ष्मीले  सिटीइभिटी अन्तर्गतका इभेन्टका थुपै ट्रेनिङ सञ्चालन गरेकी छिन् । अहिले उनले ७ जनालाई रोजगारी उपलब्ध गराएकी छिन् ।

मेकअप राम्रो गर्छु भन्ने आत्मविश्वासी लक्ष्मीले २०७३ साउन २५ गते चितवनमा भएको ब्राइडल कम्पिटिसनमा सहभागी भइन् ।

‘सेकेन्डसम्म हुन्छु की भन्ने लागेको थियो प्रथम नै भएँ , उनले भनिन् । त्यसपछि राष्ट्रिय स्तरको अवार्ड जित्ने इच्छा थियो, जुन हिजो २३ प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड पाएँ ।’

मंगलबार सम्पन्न प्रतियोगितामा महाराजगञ्जकी शोभा श्रेष्ठ फष्ट रनरअप तथा  कालिमाटीकी शोभा बस्नेत सेकेण्ड रनरअप  भए ।

युवा मात्र नभएर युवतीहरुलाई पनि सौन्दर्य तालिम दिने, धेरै शाखाहरु विस्तार गर्ने भावी योजना छन्, लक्ष्मीको ।

विदेशमा गर्ने दुःख नेपालमै गर्नुपर्ने धारणा राख्ने लक्ष्मी भन्छिन,‘विदेश जाने भन्ने सोचबाट टाढा गइसेकेको छु । दुःख गरेर विदेशमा कमाउने जत्ति यतै कमाइ भइरहेको छ’, उनले भनिन्  ।

 

प्रतिक्रिया दिनुहोस्