गैरआवासीय नेपाली नागरिकता कट्यौती हुन्छ कि भन्ने आशंका नगर्नुुस – मन्त्री ज्ञवाली



१४ साउन २०७५, काठमाडौं

लामो छलफल पश्चात गैर आवासिय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरे । ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुुस,’ ‘कोहि जिम्मेवार व्यक्तिले कट्यौती गर्ने भन्नुुभएको रहेछ भने पनि म क्षमा चाहान्छु ।’ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उद्धघान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गरे ।

‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिनुभएको छ’ – जीवा लामिछाने, एनआरएनए पूर्वअध्यक्ष

कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासिय नोपलीहरुलाई नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाएका थिए । उनले नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको बताए । गैरआवासिय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगरिने बताए। निकै लामो छलफल पश्चात गैर आवासिय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरे । ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुुस,’ उनले भने, ‘कोहि जिम्मेवार व्यक्तिले कट्यौती गर्ने भन्नुुभएको रहेछ भने पनि म क्षमा चाहान्छु ।’

उनले नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गरे । ‘अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास नै हो । आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्नेबारे राष्ट्रिय अबिभारा केन्द्रित छ,’ उनले भने । नेपाल आगामी तीन वर्षमा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नत हुन् र सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु पुरा गरि मध्यम आय भएको मुलुकमा पुुग्नका लागि एनआरएनले थप सहयोग गर्नुपर्ने धारणा राखेका थिए । ‘सरकारले तपाईहरुसंग साझेदार बनेर अघि बढ्ने छ,’ उनले भने । नेपाल सरकारले अहिले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायको सुनिश्चितता, अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने गरि अघि बढेको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञावलीले यतिबेला गैरआवासिय नेपालीहरुको सहयोग चाहिएको बताए । ‘समृद्धि यात्राको साझेदारी हुनुहोस,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्