गजल : फुत्त फुत्त आकाशबाट झर्छे त म के गरौ



१४ साउन २०७५, काठमाडौं

फुत्त फुत्त आकाशबाट झर्छे त म के गरौ
झुम्मिएर पुतली झै मर्छे त म के गरौ

तिमी मेरो दिलको राजा दिल भित्रै बस भन्दै
अनगिन्ती आसाको बिज छर्छे त म के गरौ

उनको नजरबस्तीबाट टाढा हुन खोजे पनि
सधै भरी मेरै सामु पर्छे त म के गरौ

सम्झाउछु बुझाउछु जवानीलाई रोक भन्दै
जबर्जस्ती मेरै नजिक सर्छे त म के गरौ

एटम विद्रोही
षडानन्द नगरपालिका- १ नेपालेडाँडा, भोजपुर
हाल, साहित्यघर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्