रसुवागढी राजमार्गमा पुल भत्किदा नेपाल–चीन आवतजावतमा समस्या



१३ साउन २०७५, काठमाडौं

रसुवागढी राजमार्गको घट्टेखोलामा पुल भत्किदा नेपाल र चीन बिच आवतजावतमा समस्या परेको छ ।

गत शुक्रबार उत्त ठाडो खोलामा आएको अविरल बर्षा, पानी तथा हावा हुन्डरीका कारण पुलको दक्षिण तर्फको जगमा क्षति पुगेको स्थानीयवासीहरु बताउँछन् ।

पुल भत्किएपछि त्यहाँ सवारीसाधन आवतजावतमा रोक लगाई जोखिम कम गर्न आईतबारदेखि प्राविधिकद्वारा अध्ययन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

सवारीसाधन नगुडेपछि दैनिक राजस्व संकलनमा १ करोडसम्म नोक्सान हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

चीन सरकारबाट निर्मित पुलको क्षतिको विवरण हेरी चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी अबको ५ दिन भित्र ओहोर दोहोर गर्न सक्ने गरी पुल मर्मत गरिने लक्ष्य लिईएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्