शेरबहादुर देउ….तामाङ मुर्दावाद !



महिलाहरु उफ्रिदै भन्न थाले । यो जित कसको–महिलाको ! छोरी चेलीको–सम्मान गर ! नेताहरु होसियार ! होसियार ! महिलाहरु अविर जात्रा गर्दै चिच्याउन थालेपछि दिदी छक्क पर्दै मलाई सोधिन्,“बाबू फेरी के भयो ?  शेरबहादुर देउवा मुर्दावाद ! नि भन्दैनन् । शेर बहादुर तामाङ मुर्दावाद ! नि भन्दैनन् । के गरेका यी साथीहरुले ? अब मैले के भन्नुपर्छ बाबू ? दिदी शेरबहादुर तामाङले महिलाको अपमान हुनेगरी बोलेको भनेर तपाईहरुले नारा लगाएपछि मन्त्री पदबाट राजीनामा दिए रे ! दिदीको बोली नै बन्द भयो । शेरबहादुर देउ… तामाङ मुर्दावाद ! भन्दै भुईमा ढलिन् ।

१३ साउन २०७५, काठमाडौं

हामी शहरिया तन्नेरीहरू सामान्यतया विहान ढिलो उठ्छौँ । राती काम नै नभएपनि देश विदेशमा के–के भयो भनेर ५/७ वटा अनलाईन समाचारहरु पढ्नै पर्यो । समाचार सकिएपछि १२/१ बजे सम्म फेसबुक, ट्वीटर चनाउनै पर्यो । सामाजिक संजालमा राती अबेर सम्म बसिएन भने आफ्नाले के लेखे । विपक्षीले के लेखे ।  त्यो थाहै पाईदैन । पक्षमा सपोर्ट र विपक्षमा कडा प्रतिवाद गर्दै कमेन्ट लेख्नै पर्यो । त्यतिले पनि चित्त बुझेन भने अझ कडा स्टाट्स हालेर, कडा कमेन्ट गर्न साथीहरुलाई भन्नै पर्यो । मैले पनि लामो समयपछि दिल खोलेर स्टाट्स लेख्ने विचार गरेँ । साथीहरुको स्टाट्समा कमेन्ट, लाईक र शेयर गर्ने समय कटाएर लेख्दालेख्दै १ घण्टामा फरक फरक विषयमा तीन स्टाट्स हानेछु ।

मेरो तेश्रो स्टाट्स चाहीँ ‘तामाङको छोराले जे गर्यो, ठिक गर्यो । मन्त्री हुनु त शेरबहादुर तामाङ जस्तो नैतिकवान पो हुनुपर्छ !’ भनेर हालेको । २ मिनेट वित्न नपाउंदै तामाङ थरका साथीले कमेन्ट हाने, ‘विचरा एउटा तामाङको बच्चाले एउटा मन्त्री पद के पाको थियो, त्यसलाई नि बाध्यतामा पारेर राजिनामा दिन बाध्य पार्यौ, हैन टपरे बाहुन’ भन्छ बा !

रातको १२ बजेबाट हामी फेसबुक म्यासेञ्जरबाट कुरा गर्न थाल्यौँ । फेसबुकमा साथी भएपनि उनीसँग व्यक्तिगत चिनजान थिएन । उनले आफ्नो परिचय दिँदै भने,“सर वि.ए. पास गरेको छु । फेरी विदेश जानु भन्दा नेपालमै सानोतिनो काम गर्ने विचारले अहिलेलाई यहि काम गरेको छु । १२ घण्टा काम गर्दा मलेसियाको जति कमाई त नेपालमै भै हाल्छ । तलबले खान पुगेकै छ । परिवारको साथमा बस्न पाएको छु । त्यसैमा खुशी छु सर ।”

तामाङ थर भएकोले शेरबहादुरकै आफन्त परेछन् । यीनलाई कडै चोट परेछ, रातीको समयमा  पिउंदै पनि होलान, देखिने गरी के लडाई गर्नु भन्ने सोचेर फेसबुक म्यासेजमा लेखे, ‘तामाङ सर सरी है ! मैले पनि शेरबहादुरको सपोर्ट नै गरेको हुँ । बुढा राम्रा मान्छे हुन् । म नि सम्मान गर्छु । तर म सँग चाहीँ किन रिसाउनु भाको नि ? विचरा खाको बेलामा परेछन,’ माफ पाउ सर, मैले त मन्त्रीज्यूले राजीनामा गरेको दिनदेखि पिरले खाको थिईन् । अलि बढी खाएछु, तपाईहरुले त अति ठिक लेख्नु भाको छ । अनि त्यो रोएको फोटो चै किन हाल्नु भाको अनलाईन समाचारमा ? मन्त्री ज्यू को त्यो फोटो हेरेपछि म नि रोए । घरमा छोरीलाई देखाँको उ नि रोई ! अङ्कलले त हाम्रो लागि राम्रै कुरा गर्नु भएको थियो । अङ्कलले हाम्रो स्कूलमा बोलेकै कारणले राजिनामा दिनु परेको हो बाबा भन्छे ? मलाई प्रत्येक रात घरमा जाँदा छोरीका प्रश्नले झन पिडा थप्छ ।” एक मिनेटमा उनको लेखाई पुरै बदलियो ।

मैले सोधे, ‘तपाई शेरबहादुर तामाङको आफन्त हो ?’ उनले लेखे, ‘कहाँ हुनु नि हजुर अस्ति हाम्रो विद्यालयको कार्यक्रममा आउँदा गेटमा खुट्टा बजारेर सलुट हानेको त, हात पो मिलाउनु भो । आजसम्म कोही ठूला मान्छेसँग हात मिलाउन पाको थिईन् । तामाङ नै भएकोले सबैले मेरो आफन्त भन्ने सोचेछन् स्कूलभरी मेरो ईज्जत बढेको छ ।” थप कौतुहल हुँदै मैले फेरी सोधे अनि तपाइको गाउँले हो ? उनले जवाफ लेखे, ‘के हुनु हजुर म अर्कै जिल्लाको, हाम्रै स्कूलमा आएको दिन नै भेटेको !’ उनका भाषा र संकेतहरुले उनको पीडा सजिल्यै बुझिन्थ्यो । लामो लेखेर समय लगाउनु भन्दा बरु म्यासेजबाटै कल गर्ने विचारले सोधे, ‘सर अहिले कल गर्न मिल्छ ?’ उनले सहज उत्तर दिए, म आज स्कुलमै छु, हुन्छ सर ।

अर्थशास्त्र बुझेका अर्थमन्त्रीले ल्याएको बजेट राम्रो नै त होला नि ! तर गाउँमा जाँदा बुढा बा आमाले भत्ता नबढेको भन्दै गाली गर्न थालिसके । अर्थमन्त्री र प्रधानमन्त्री मिलेर बुढा आमाबुवा जस्तै  हामी युवालाई पनि झुक्याए भने चाहीँ मेरा सबै सपना चकनाचुर हुन्छ सर ।”

रातको १२ बजेबाट हामी फेसबुक म्यासेञ्जरबाट कुरा गर्न थाल्यौँ । फेसबुकमा साथी भएपनि उनीसँग व्यक्तिगत चिनजान थिएन । उनले आफ्नो परिचय दिँदै भने,“सर वि.ए. पास गरेको छु । फेरी विदेश जानु भन्दा नेपालमै सानोतिनो काम गर्ने विचारले अहिलेलाई यहि काम गरेको छु । १२ घण्टा काम गर्दा मलेसियाको जति कमाई त नेपालमै भै हाल्छ । तलबले खान पुगेकै छ । परिवारको साथमा बस्न पाएको छु । त्यसैमा खुशी छु सर ।”

एउटा शिक्षित युवा, जो स्वाभिमानपूर्वक नेपालमै श्रम खर्चिरहेको छ । उसका पनि केही सपना वा बाध्यता होलान् भन्ने लागेर व्यक्तिगत जीवनको बारेमा थप सोधीखोजी गर्न मन लागेन । शेरबहादुर र उनको सम्बन्ध जान्न मन लागेर फेरि सोधे, “एकदिन भेटेको मन्त्रीले राजीनामा दिँदा तपाई किन यति चिन्तित हुनु भएको त ? उनले फेरी आफ्नै कथा जोडे, “म क्याम्पस पढ्दा विधार्थी राजनीति गर्थे । विवाह गरेपछि २ छोरीहरु भए । छोरीहरु पढाउन पैसा चाहिने नै भयो । नेपालको राजनीतिक अस्थिरता र द्वन्दले गर्दा नेपालमा बस्न सकिन । त्यसैले पैसा कमाउने सपनाले मलेसिया पुगेँ । चर्को घाममा १२ घण्टा काम गर्दा पनि मासिक बिस हजार तलब हुन्थ्यो । त्यहि तलब पनि साहुले समयमा नदिने भएर आफ्नै देशमा श्रम गर्नु राम्रो भन्ने सोचेर यही गार्ड काम गर्न थालेको हुँ ।”

उनका कहानीहरु सुनिरहन मन लाग्यो । उनका भोगाईहरु आम नेपाली युवाका जस्तै थिए । उनी फटाफट भनिरहेका थिए, “हामीले भोट दिँदै आएको पार्टी अर्को कम्युनिष्ट पार्टीसँग मिलेर संयुक्त चुनावी घोषणापत्र जारी गर्यो । पार्टी एकताको घोषणा भएपछि नेपालमै पढेका प्रमाण पत्र धरौटी राखेर व्यवसाय गर्ने विचारले नेपालमै बसेको हुँ । हामी दुवैले बिए पास गरेका छौँ । ५ वर्ष सम्म नढल्ने सरकार र केपी ओली जस्तो विकासवादी नेता भएपछि पक्कै हामीलाई यहीँ अवसर पाईन्छ भन्ने लागेर तत्काललाई गार्ड काम गरेर बसेको । काम जस्तो गरेपनि म पार्टीको संगठित सदस्य पनि हुँ । संयुक्त चुनावी घोषणा पत्रमा भएका सबै कार्यक्रम लागू हुन्छ भन्ने आशा गरेको छु ।”

मलाई मन्त्री गोकर्ण विष्टको विदेशमा गरेको भाषणले चाहीँ खासै चित्त दुखाएन । हाम्रो मातृभाषा नेपाली हो । विदेशीले नेपाली बोल्दैनन् भने हामीले किन अँग्रेजी बोल्नुपर्यो ! बोल्न नजान्ने भएपछि बरु उनले नेपालीमै बोलेको भए राम्रो हुन्थ्यो । तर मन्त्री गोकूल बाँस्कोटा र रविन्द्र अधिकारीले पत्रकारलाई गरेको व्यवहार देख्दा म त तीन छक्क परें सर । सरकारको प्रतिष्ठासँग जोडिएको यातायात सिन्डिकेट हटाउने अभियानका बाधक जस्ता देखिने मन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीले किन च्यापेका होलान् ?”

उनले अझै थपे, “सर मैले चुनावी घोषणापत्र धेरै पटक पढेको छु । पार्टीको घोषणा पत्र सिरानी मुनि हालेर सुतेको छु । प्रत्येक महिना त्यो घोषणापत्र पढ्छु । अहिले भर्खरै छापेको पार्टीको विधान र नियमावली पनि पढेको छु । सरकारले ल्याएका नीति कार्यक्रम राम्रो भएपनि बजेट चाहीँ मन परेन । अर्थशास्त्र बुझेका अर्थमन्त्रीले ल्याएको बजेट राम्रो नै त होला नि ! तर गाउँमा जाँदा बुढा बा आमाले भत्ता नबढेको भन्दै गाली गर्न थालिसके । अर्थमन्त्री र प्रधानमन्त्री मिलेर बुढा आमाबुवा जस्तै  हामी युवालाई पनि झुक्याए भने चाहीँ मेरा सबै सपना चकनाचुर हुन्छ सर ।”

उनी निरन्तर बोलिरहेका थिए, “मैले काम गर्ने स्कूलमा वाईफाई फ्री छ, फुर्सदमा अनलाईन पत्रिकाहरु पढ्छु । मलाई मन्त्री गोकर्ण विष्टको विदेशमा गरेको भाषणले चाहीँ खासै चित्त दुखाएन । हाम्रो मातृभाषा नेपाली हो । विदेशीले नेपाली बोल्दैनन् भने हामीले किन अँग्रेजी बोल्नुपर्यो ! बोल्न नजान्ने भएपछि बरु उनले नेपालीमै बोलेको भए राम्रो हुन्थ्यो । तर मन्त्री गोकूल बाँस्कोटा र रविन्द्र अधिकारीले पत्रकारलाई गरेको व्यवहार देख्दा म त तीन छक्क परें सर । सरकारको प्रतिष्ठासँग जोडिएको यातायात सिन्डिकेट हटाउने अभियानका बाधक जस्ता देखिने मन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीले किन च्यापेका होलान् ?”

राज्यलाई नै घाटा पुर्याउने त्यी न्यायाधिशले व्यक्तिको सम्पति विवादमा कति मनोमानी गरे होलान । त्यी हुन लागेका प्रधानन्याधिशले छोराको विहेमा ९० लाख खर्च गरे रे । तेत्रो पैसा कसरी कमाए ? न्यायधिशहरुले त व्यापार, व्यवसाय पनि गर्न पाउँदैनन् । कसरी करोडौंको सम्पत्ति, कार र करोडौँ कमाउन सक्छन, सरकारी जागिर खाएर ? शेर बहादुर मन्त्री भएपछि कानूनी कमजोरीका कारणले हुने सँस्थागत भ्रष्टाचार अन्त्य गर्न कानुनहरुमा आमूल परिवर्तन गर्दै थिए रे ।”

निरन्तर बोलिरहेका उनलाई मेरो बोली नसुनेपछि निदायो कि भन्ने लागेछ ! सर सुन्दै हुनुहुन्छ नि ? छु भन्ने मेरो उत्तरपछि निरन्तर बोल्न थालें, “पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामको बारेमा पार्टीका कार्यकर्ताले सरकारको पक्षमा बोलेनन् भनेर रिसाउँदै, सबैलाई प्रतिवाद गर्न उर्दी जारी गर्नु भयो । प्रधानमन्त्रीले दिएको निर्देशन सेलाउन नपाउँदै पार्टीका केन्द्रीय सदस्य तथा निकै पढेका नेता विजय पौडेलले हामीलाई सोध्दै नसोधेको विषयमा पनि ताली पड्काएका छौँ । पार्टीको विरोध गरेकै छैनौं । भनेको पनि सुनेकै हो ! सर यो भिडियो हेर्नु त भन्दै  फुत्त म्यासेजमा लिंक पठाए :

रोकिंदै नरोकिकन बोलेका साथीले फेरी थपे, “सर तामाङको छोरो शेरबहादुरलाई लागेछ, यहि हो सही समय सरकारको बारेमा बोल्ने ! अझ प्रधानमन्त्रीकै निर्देशन आएपछि त कडा प्रतिवाद गर्नै पर्यो । कानून निर्माणका कामहरु गरेकै छु । अब जनाताविच जानुपर्यो भन्ने लागेर मन्त्रीले तत्काल आफ्ना सहयोगीलाई निर्देशन दिएछन, “मलाई जसरी भएपनि जनता विच जाने दैनिक सार्वजनिक कार्यक्रम बनाउनु ।” सहयोगीहरुले विचार गरे, “वर्खाको बेला, शहरका रोड नै डरलाग्दा भएका छन् । गाउँमा जाने कुरै भएन । बाठा सहयोगीहरुले शहरमा हुने नीजि विद्यालयका स्वागत र सम्मान कार्यक्रमहरु मिलाउने योजना बनाए ।

दिनदिनै स्कूलका कार्यक्रम मिलाएका उनीहरु पनि हौसिएर बरु झापा तिरकै मान्छेले चलाएको विद्यालयमा कार्यक्रम आयोजना गरियो भने पत्रकार नआएपनि प्रधानमन्त्री भेट्दा त बोलेको कुरा सुनाउँछन् भन्ने लागेछ । छोटो समयमा ६० भन्दा बढी कानून बनाएका मन्त्रीले खुरुखुरु अरु १०/२० ओटा कानुन बनाउन छोडेर हाम्रै स्कूलमा आएर फसे सर । कुरा त राम्रो नै गरेका हुन् । त्यो मूला पत्रकारले पनि शुरु र अन्तिमको कटाएर विचको मात्रै भिडियो हाल्दिएछ । त्यही भिडियो भाईरल बनाएर उनको पद नै उडाईदिए ।”

बाबू म त हजार भत्ता पाईन्छ भनेर आको । मैले त ‘मुर्दावाद’ मात्र भन्ने हो । हामी गफ गर्दागर्दै जुलुुसले माईतीघर मण्डलालाई तेश्रो फन्को मार्न लाग्यो । हतारहतार गर्दै उनी जुलुसमा मुर्दावाद भन्दै मिसीईन् । 

उनी एकोहोरो बोलिरहेका थिए, “मैले पत्रिकामा नै पढेको, मन्त्री तामाङ  घरमा महिलाले गर्ने सबै काम गर्थे रे । भाउजु कलेजमा पढाउन जाँदा बच्चा हुर्काउने, भात पकाउने, लुगा धुने, सबै काम गर्थे रे । अघिल्लो पटक संविधान सभा सदस्य हुँदा महिलाको अधिकारको कानून बनाउन पनि भाउजुकै समितिमा बसेर सघाएका थिए रे । अहिले कानूनमन्त्री भएपछि पनि संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सबै कानून बनाई सके रे ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने गरी कानून नै परेछन् । अदालतको निर्णयको विषयमा बोल्न नै नपाउने नियम थियो रे । कोही बोलेपनि न्यायधिशको सम्पत्ति र उनका फैसलाहरु छानविन गर्ने नियम नभएकोले त्यो पनि बनाएछन । व्यक्तिगत स्वार्थको लागि न्यायधिशहरुका एकल निर्णयले नेपाल सरकारको विरुद्धका फैसलाले ६२ अर्व भन्दा बढी क्षति पुग्यो रे । राज्यलाई नै घाटा पुर्याउने त्यी न्यायाधिशले व्यक्तिको सम्पति विवादमा कति मनोमानी गरे होलान । त्यी हुन लागेका प्रधानन्याधिशले छोराको विहेमा ९० लाख खर्च गरे रे । तेत्रो पैसा कसरी कमाए ? न्यायधिशहरुले त व्यापार, व्यवसाय पनि गर्न पाउँदैनन् । कसरी करोडौंको सम्पत्ति, कार र करोडौँ कमाउन सक्छन, सरकारी जागिर खाएर ? शेर बहादुर मन्त्री भएपछि कानूनी कमजोरीका कारणले हुने सँस्थागत भ्रष्टाचार अन्त्य गर्न कानुनहरुमा आमूल परिवर्तन गर्दै थिए रे ।” उनका लामालामा कुरा सुन्दा सुन्दै म निदाएछु ।

सपनामा डा. गोविन्द केसीको पक्षमा बोल्दै गरेका काँग्रेसी सांसद गगन थापाको भाषण सुने । उनी जोड जोडले चिच्याउँदै थिए, “बंगालादेशमा पढेर आउने सबैले किनेर प्रमाणपत्र ल्याएका हुन् ।”

त्यहि मञ्चबाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोडदार भाषण दिन थालिन । म सपनामा समेत छक्क परेर सुन्दै थिएँ । यदि सरकारले डा. गोविन्द केसीलाई वेवास्ता गर्यो भने, हाम्रो काँग्रेसले देशभर आगो बाल्छ ।

म फटाफट बोलेका बुँदाहरु टिप्दै थिएँ, भाषण सकिन नपाउँदै रातो झण्डा सहित प्लेकार्ड बोकेका महिलाहरुको जुलुस चिच्याउँदै  आयो । महिला अधिकार जिन्दावाद ! महिलाको सम्मान गर । शेर बहादुर देउवा मुर्दावाद ! महिलाको र्याली पछि कालाकोट लगाएका र नलगाएका ठूलठूला ज्यान र भुँडी भएकाहरुको ताँती पनि चिच्याउँदै आयो । न्यायालय प्रति प्रश्न गर्न पाईदैन ! न्यायाधिशको सम्पति छान्ने कानून खारेज गर ! कम्युनिष्ट निरंकुशता मुर्दावाद ! वकिल भन्दा महिलाको जुलुस ठूलो देखिएपछि म भने महिला जुलुसमा छिरेँ ।

“मैले पत्रिकामा नै पढेको, मन्त्री तामाङ  घरमा महिलाले गर्ने सबै काम गर्थे रे । भाउजु कलेजमा पढाउन जाँदा बच्चा हुर्काउने, भात पकाउने, लुगा धुने, सबै काम गर्थे रे । अघिल्लो पटक संविधान सभा सदस्य हुँदा महिलाको अधिकारको कानून बनाउन पनि भाउजुकै समितिमा बसेर सघाएका थिए रे । अहिले कानूनमन्त्री भएपछि पनि संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सबै कानून बनाई सके रे । 

माईतीघर मण्डलामा फन्को मार्दै चिच्याएका महिलाहरु पहिलो फन्कोमा शेरबहादुर देउवा मुर्दावाद भन्दै थिए । दोश्रो फन्को मार्न नभ्याउँदै शेरबहादुर तामाङ मुर्दावाद भन्न थाले । अलि पाको उमेरकी जस्तो लाग्ने रातो सारी लगाएकी महिलालाई छक्क पर्दै सोधे, दीदी दोश्रो फन्कोमा त तपाईहरुको नारा नै फेरियो त ? उनले विस्तारै भनिन,“बाबू शेरबहादुर देउवाले गल्ती गर्यो भनेर नारा लगाउन आको अर्को शेरबहादुर पो परेछन् ! हाम्रो संस्थाका साथीहरुले  खबर गरेकोले बुझ्दै नबुझी आईयो, अहिले त आफ्नै शेरबहादुर पो परेछन् । पल्लो छेउमा पुगेपछि ठूलो महिलावादी नेताले गाली गर्दै सिकाईन अनि नारा नै फेरियो । बाबू जे भएपनि हामी यति महिलाले कराएर के हुन्छ र ? फेरी मैले मुर्दावाद भन्ने मात्रै हो । मैले भन्ने कुराचाहिँ फेरिएको छैन है बाबू !” दीदीले पक्कै पनि नचिनी तामाङलाई गाली गरिन भन्ने बुझेर सोधे, शेर बहादुर तामाङलाई चिन्नु हुन्छ ? उनी फटाफट भन्न थालिन,“बाबु मैले भोट देको मान्छे हुन् । तिनले त पढेका पनि छन् । बोली पनि राम्ररी बुझिन्छ । घरको काममा पनि बुहारीलाई सघाको देख्थेँ । ठूला नेता भएर पनि छोराहरु नुहाउने । उनीहरुको लुगा धोईदिने गर्थे । पहिले त्यो भत्ता दिने कम्युनिष्ट प्रधानमन्त्री थिए नि बाबू, मैले मनमोहन अधिकारी भनेपछि, अँ अँ भन्दै  तिनको पालामा पनि लोककृष्ण भट्टराई भन्ने नेताले सत्य बोलेर कार्वाही परेको थियो रे । तामाङको छोरो पनि सत्य बोल्न डराउने थिएन ! बा उस्ले नि केही सत्य कुरा पो बोल्यो कि बाबू ?

बाबू म त हजार भत्ता पाईन्छ भनेर आको । मैले त ‘मुर्दावाद’ मात्र भन्ने हो…

बाबू म त हजार भत्ता पाईन्छ भनेर आको । मैले त ‘मुर्दावाद’ मात्र भन्ने हो । हामी गफ गर्दागर्दै जुलुुसले माईतीघर मण्डलालाई तेश्रो फन्को मार्न लाग्यो । हतारहतार गर्दै उनी जुलुसमा मुर्दावाद भन्दै मिसीईन् ।  म पनि उनकै पछि लागे ।  र्यालीले पूरा तीन फन्को मार्न नपाउँदै उत्ता शेरबहादुर तामाङले राजिनामा दिईसकेछन् ।

महिलाहरु उफ्रिदै भन्न थाले । यो जित कसको–महिलाको ! छोरी चेलीको–सम्मान गर ! नेताहरु होसियार ! होसियार ! महिलाहरु अविर जात्रा गर्दै चिच्याउन थालेपछि दीदी छक्क पर्दै मलाई सोधिन्,“बाबू फेरी के भयो ?  शेरबहादुर देउवा मुर्दावाद ! नि भन्दैनन् । शेर बहादुर तामाङ मुर्दावाद ! नि भन्दैनन् । के गरेका यी साथीहरुले ? अब मैले के भन्नुपर्छ बाबू ? दिदी शेरबहादुर तामाङले महिलाको अपमान हुनेगरी बोलेको भनेर तपाईहरुले नारा लगाएपछि मन्त्री पदबाट राजीनामा दिए रे ! दिदीको बोली नै बन्द भयो । शेरबहादुर देउ… तामाङ मुर्दावाद ! भन्दै भुईमा ढलिन् । उनी अचेत भएपछि म नि अत्तालिएछु । असिन पसिन भएर ब्युझिँदा बिहानको आठ बज्न लागेछ । पसिना पुछ्दै बेलुका च्याटमा कुरा गर्ने साथी सम्झिएर म्यासेज हेर्दा त उसले पटकौं म्यासेज पठाएपछि, मलाई हेपेको भन्दै फेसबुकमा नै ब्लक पो गरिदिएछ !

प्रतिक्रिया दिनुहोस्