चाबहिल,साँखु ,सुन्दरीजल सडक तत्कालका लागि ८ मिटरको बन्ने : गोकर्णेश्वर नगरप्रमुख चालिसे



१२ साउन २०७५, काठमाडौं

धेरै मानिसलाई नौलो लाग्न छाडिसकेको चाबहिल–साँखु र चाबहिल–सुन्दरीजल सडकको दुरावस्था । केही समयदेखि मिडिया र स्थानीयको बारम्बारको घच्घच्याइले राष्ट्रिय मुद्दा बनेको सडकको अवस्था ज्युँका त्युँ छ ।

विगत ३ वर्षदेखि विस्तार र निर्माणाधिन सडकका कारण  यात्रु, स्थानीयवासी व्यापारी, पर्यटक लगायतले भोग्दै आएको सास्तीमा अझै सम्म पनि मल्हम लाग्न सकेको छैन् ।

सडकमा बनेको खाल्डाखुल्डी र त्यसमा जमेको पानीले यात्रामा पु¥याएको असहजता, पैदल यात्रुले भोग्नु परेको विवशता ज्युँका त्युँ छ । स्थानीयले सडक निर्माणको पहल गर्न सडकमै रोपाइँ गर्न भ्याए भने मिडियाले बारम्बार ताकेता गरिरहे, सडक निर्माणका लागि । तथापी हाल भने विरोधका आवाज केही मत्थर बन्दै गएको र जनता आजित भएको महशुस गर्न सकिन्छ ।

नगपालिकाका प्रमुखका हैसियतले स्थानीयको समस्या संवोधन गर्न के पहल गर्नुभएको छ ? भन्ने प्रश्नमा गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसे सडकको दुरावस्थाका बारेमा आफूले पटक पटक खबरदारी गर्दै आएको बताउँछन् ।

उनले परिवर्तन खबरसँगको कुराकानीमा भने,‘सडक निमार्णका लागि तीन बर्ष अघि नै ठेक्का सम्झौता र इन्जिनियरिङको काम भइसकेकाले गोकर्णेश्वर नगरपालिकाले गर्न सक्ने भनेको यहाँको अवस्थाबारे जानकारी गराउँदै छिट्टै सडक निर्माणको पहल गर्ने हो । जुन हामीले धेरैपटक गरिसकेका छाँै । यो सडकको दुरावस्था गोकर्णेश्वरको मात्र नभएर राष्ट्रिय मुद्दा बनिसकेको छ ।

सडक निमार्णको लागि पहल गर्ने क्रममा बिहिबार यातायात मन्त्री रघुवीर महासेठसँग भएको भेटमा तल्कालका लागि सडक ८ मिटर कायम गरी मर्मत गर्ने सहमती भएको छ ।

विभिन्न निकायका पदाधीकारीबीचको पटक पटकको छलफल पछि २२ मिटरको सडक बनाउनुपर्ने भएपनि स्थानीयले भोग्दै आएको सास्तीलाई मध्यनजर गर्दै हाल ८ मिटरको बनाउने र यसलाई विस्तार गर्दै जाने निर्णयमा पुगेका छौँ ।

मन्त्री महासेठले उक्त सहमतीलाई क्याबिनेटबाट निर्णय गराएर तल्काल काम अघि बढाउने जानकारी सहित उक्त फाईल समेत मलाई देखाउनु भएको छ ।

शुक्रबार इन्जिनियर लगायतको टोली आएर निरिक्षण, नापजाँचको काम अघि बढिसकेको छ ।शुक्रबारको गतिविधिबाट के भन्न सक्छु भने डेढ महिनामा उक्त सडक निमाण हुनेछ , उनले भने ।’

उता स्थानीयको सास्ती र विरोध मिडियाको खबरदारीले केही स्थान पाएको होकी भन्ने आभाष दिलाए,प्रधानमन्त्री केपी शर्मा ओलीले ।

गत असार २८ गते प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बोलाएर उपत्यकाका सडक सुधार गरी तल्काल सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।

उक्त बैठकमा मन्त्री महासेठले ५० दिनभित्र जनताले महशुस गर्ने गरी सडक सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

२०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण कार्य प्रारम्भ भएपनि नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काममा बाधा पुग्यो  । आयोजनाका अनुसार सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गनुपर्नेमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गा धनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काममा असहजता थपियो ।

यस्तै जोटरापाटी–सुन्दरीजल सडक खण्डमा मात्रै ८ सय ९६ घर भत्काउन बाँकी रहेको छ । मुआब्जा विवादका कारण भत्काउन बाँकी रहेका घरहरुले सडक निर्माणमा बाधा पुर्यायो ।

जग्गा मुआब्जा विवादले कतिपय स्थानमा सडक विस्तार हुन नसकेकाले विकल्पको रुपमा हाल ८ मिटर बाटो कायम गर्ने र पछि बिस्तार गर्दै जाने निर्णय भएको बुझिएको छ ।

सबै समस्याको समाधान गरेर सडक निर्माणको कार्यलाई अघि बढाउँदा ४ बर्षमा पनि सडक नबन्ने अवस्था देखेपछि विकल्पको खोजी गरिएको जनाईएको छ ।

भने बमोजिम कार्य भएको खण्डमा पनि जनताले केही राहतको महशुस गर्नेछन् । दिनहुँको चुनौतीपूर्ण यात्राले फरक मोड लिनेछ । ८ मिटर सडक बनेपछि जनतालाई केही सहजता हुने र त्यसपछि विवाद टुंग्याउदै सडक विस्तारलाई निरन्तरता दिन सकिने मेयर चालिसेले बताए ।

सडकको अवस्थाबाट आजित भएका जनतामाथि अर्को समस्या थपिएको छ । त्यो हो, केहि हप्तादेखि सडकका भित्तामा थुपारिएका फोहोरको डंगुर र त्यसबाट फैलिएको दुर्गन्ध । उपत्यकाका विभिन्न चोक र गल्लीमा थुप्रिएको फोहोरको डंगुर गोकर्णेश्वर नगरपालिकका विभिन्न स्थानमा नहुने त कुरै भएन् ।

 जोरपाटी चोकमा फोहोर डंगुर थुप्रिएको छ । त्यसमा चरिरहेका गाईबस्तु, नाक थुनेर ओहोरदोहोर गरिरहेका यात्रु, फुटपाथका व्यापारी र स्थानीयको अवस्थाबारे अनविज्ञ छैनन्,मेयर चालिसे ।

सडकको अवस्थाबाट आजित भएका जनतालाई फोहोरले जिस्क्याएको हो भन्ने प्रश्नमा मेयर चालिसेले भने,‘ उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल भरियो भन्ने खबर सुनेको छु । सरकारले यस बिषयमा कहिल्यै चासो देखाएन्, उता अर्को विकल्पको रुपमा हेरिएको वञ्चरेटारको काम सुरु भएको छैन् । तथापी गोकर्णेश्वर नगरपालिकाले भने आफ्नो नगरभित्र रहेको फोहोर आफैँ व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । उनले गोकर्णेश्वर आफ्नो फोहोर आफ्नै व्यवस्थापन गर्ने पहिलो नगर भएको दावी गर्दै भने, ‘ जापानबाट मेशिन ल्याएर आफ्नो फोहोर आफ्नै व्यवस्थापन गर्ने एक मात्र नगरपालिका हो गोकर्णेश्वर । जापानबाट उक्त मेशिन डेलिभरी भइसकेको छ । अर्को हप्ताभित्र यहाँ आइपुग्छ र एक महिनाभित्र फोहोर व्यस्थापनको काम सुरु हुनेछ, उनले भने ।’

हामीसँगको भेटघाटमा उनले आफ्नो प्रगती विवरण पनि सुनाउन भ्याए । भने, ‘गरे के नहुने रहेछ र मेरो पहलमा चुच्चेपाटी, तीनचुली, आरुबारी हुँदै सुन्दरीजलको शहिदपार्क पुग्ने,पानी परेको बेला तीन मिनेटमै सोस्ने सडक बनिरहेको छ। ८ मिटरको चौडाई ,३ मिटरको ढल र फुटपाथ रहने गरी ११ मिटर चौडाईको उक्त सडक कालोपत्रे गर्न मात्र बाँकी छ ।’

यो पनि पढ्नुहोस् :

चाबहिल–साँखु सडक : सरकार भन्दा बलिया ठेकेदार

प्रतिक्रिया दिनुहोस्