दश पक्की पुल निर्माण तीव्र



१२ साउन २०७५, कञ्चनपुर

बेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।

आव ०७४/७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण  शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ बेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताए । उनका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् ।

नगर प्रमुख चन्दभन्छन्, “पुल निर्माणले सबैको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहज पहुँच पुग्ने विश्वास लिएका छौँ ।”

नगरपालिकाका अन्य नौ स्थानमा समेत पुल निर्माणका लागि पहल भइरहेको छ । माटो परीक्षण गरी पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै वडा नं १ को चम्फापुरको राधा नदी, वडा नं २ को पथरिया नदी र वडा नं १० को चथरीमा झोलुंगे पुल निर्माण भइरहेको छ । पाँच स्थानका लागि झोलुंगे पुल निर्माणको माग आएको बताउँदै नगर प्रमुख चन्दले भने, “पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्