तामाङ समाज अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।



१० साउन २०७५, न्युयोर्क ।

अमेरिका जस्तो विश्वको शक्तिशाली देशमा रहेका तामाङ संघसंस्थाबाट स्वदेशमा रहेका तामाङ समुदायलाई गरिएको सहयोगको प्रशंसा गर्दै लोकतान्त्रिक पद्धतीलाई उच्च स्तरमा दैनिक जीवनमा अभ्यास गर्न र समुदायको हितमा उपयोग गर्न लुम्बिनी विकास कोषका पूर्ब उपाध्यक्ष गजेन्द्र कुमार लामाले न्युयोर्कमा आयोजना गरिएको एउटा अन्तरक्रिया कार्यक्रममा बताउनु भयो ।

तामाङ समाज अमेरिकाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यकममा बोल्दै प्रमुख अतिथि लामाले नेपालमा ल्याइएको राजनीतिक परिवर्तनले आदिवासी जनजातिलाई इतिहासमै पहिलो पटक राज्य शक्तिमा पहुँच दिइएको उल्लेख गर्दै इतिहासमा राज्य पक्षबाट गरिएको सुनुयोजित विभेदको परिणाम स्वरूप देशमा गणतन्त्र, संघीयता र धर्म्निर्पेक्षता स्थापना भएको र यो परिवर्तनले बिस्तारै सिमान्तकृत समुदायको मात्र नभएर समग्र देशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङले अमेरिकाको नेपाली डायस्पोरामा तामाङ समुदायले नेतृत्वदायी भूमिका निर्बाह गर्न सफल रहेको र दक्षिण एसियाली संजाल मार्फत स्थानीय राजनीतिमा नेपालीहरुको प्रतिनिधित्व गराउन महत्वपूर्ण भूमिकामा रहेको बताउनु भयो ।तामाङ समाज उत्तर अमेरिकाको अध्यक्षले देखाएको कालिदास चरित्रको कारण तामाङ समुदायमा बिभाजन आएको र समुदायको अगुवाहरुको पहलमा तामाङहरुको पहिचान र गरिमालाई उच्च राखिरहनको लागि तामाङ समाज अमेरिका गठन गरिएको बताउनु भयो । त्यसै गरेर तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत मोक्तान तामाङले तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा जन्मभूमि र कर्मभूमिमा बिगतमा सम्पन्न गरिएका महत्वपूर्ण कार्यक्रमहरुबारे प्रकाश पार्नु भयो । केन्द्रीय नेतृत्वको अदुरदर्शिता, हैकमवाद र अपरिपक्कताको कारण संस्था भित्र बिभाजन आएको र श्रीमती सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाले जन्म लिएको स्पष्ट पार्नु भयो ।

कार्यक्रम संचालन गर्दै समाजका महासचिव बुद्धिमान तामाङले तामाङ समाज अमेरिकाको संयोजनमा भविष्यमा विश्व तामाङ सम्मेलन आयोजना गर्दै तामाङहरुको राजनीतिक, सामाजिक र आर्थिक समुन्नतीको लागि दीर्घकालीन कार्यक्रम ल्याइने प्रष्ट पार्नु भयो । समाजका उपाध्यक्ष बर्जेश मोक्तान तामाङले प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै जसरी गौतम बुद्धको जन्म त्यो समयको अपरिहार्य आवश्यकता थियो त्यसै गरेर तामाङ समाज अमेरिकाको जन्म वर्तमान परिस्थितमा सिङ्गो तामाङहरुको बृहत्तर हितको लागि अपरिहार्य आवश्यकता भएको बताउनु भयो । कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष श्रीमती सानुमाया तामाङलेपूर्व नेतृत्वको  पूर्वाग्रही र संकोचित सोचको कारण तामाङ समाज अमेरिकाको जन्म भएको भन्दै नेतृत्व पंक्तिले देखाएको पारिवारिक स्वार्थ र दिशाहीनताले गर्दा तामाङ समुदायमा विभाजन आएको बताउनु भयो ।

संस्थाको विधि बिधानलाई तिलान्जली दिदै हैकमवादी चरित्र पूर्व नेतृत्वले देखाएको कारण समाजका अगुवा र शुभचिन्तकहरुको सहयोगमा तामाङ समाज अमेरिका आफ्नै नेतृत्वमा गठन गरेको र शीघ्र भविष्यमा सम्पूर्ण तामाङहरुलाई यसै समाज अन्तर्गत एकताबद्ध गर्न सक्ने विश्वास दिलाउनु भयो । पूर्व नेतृत्वको संकीर्णता र अपरिपक्कताले समुदायभित्र बिग्रहनिम्ताएको कारण उनीहरु नै बिखण्डनकारी भएको समेत उल्लेख गर्नु भयो ।लुम्बिनी विकास कोषको पूर्व उपाध्यक्ष श्री गजेन्द्र कुमार लामाको सम्मानमा तामाङ समाज अमेरिकाले क्विन्स स्थित आफ्नै सभाकक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्