सोलुखुम्बुको दुधकोशीमा लक्ष्मी बैङ्कको पहिलो शाखा



०९ साउन २०७५, काठमाण्डौ

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकामा लक्ष्मी बैङ्कले पहिलो पटक शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले दिएको निर्देशन अनुसार लक्ष्मी विकास बैङ्कले गत मंगलबार औपचारिक रुपमा शाखा विस्तार गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए ।

साविक सात ओटा गाविस समेटिएको यो गाँउपालिकामा अहिलेसम्म कुनै पनि बैङ्कले आफ्नो शाखा संचालन गरेका थिएनन् ।

गाँउपालिकामा कुनै बैङ्क नहुँदा त्यहाका जनताले आर्थिक कारोवार गर्न एक दिनको बाटो हिडेर सदरमुकाम सम्म जानुपरेको गाँउपालिकाका सदस्य बुुद्धिराज राईले बताए ।

सोलुखुम्बुको गाँउपालिकाहरुमा बैङ्कको शाखा विस्तार हुनेमा थुलुङ दुधकोशी पहिलो गाउँपालिका बनेको छ । गाँउपालिकामा बैङ्कले शाखा विस्तार गरिरहँदा त्यहाँका जनता हर्षित भएका छन् ।

बैङ्कले आफ्नो सेवा सुचारु गरेको दिन बैङकमा ३ दर्जन भन्दा बढी खाताहरु खोलिएका छन ।

प्रतिक्रिया दिनुहोस्