चितवनमा राजश्व संकलन १२८.१५ प्रतिशतले वृद्धि



०८ साउन २०७५,  चितवन

आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष ०७४/७५ मा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

चितवन कार्यालयले अघिल्लो आव २०७३/०७४ भन्दा चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलको अनुसार अघिल्लो ०७३/७४ आवको तुलनामा ०७४/७५ को आवमा १२८.१५ प्रतिशत वृद्धि भएको हो ।

गत आव ०७३/७४ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो । पौडेलले लक्ष्यको ११०.७१ प्रतिशत प्रगति भएको जानकारी गराए । कार्यालयले अन्तशुल्कमा रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी रहयाे ।

त्यस्तै गरी स्वास्थ्य सेवा शुल्कमा रु ६ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति गरिएको थियो । आयकरतर्फ रु १ अर्ब ५६ करोड ५८ लाख ९ हजार, घरवहाल करमा रु ११ करोड २४ लाख ८९ हजार, ब्याजकरमा रु ८ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करमा रु १ अर्ब १४ करोड १ लाख ६२ हजार र शिक्षा सेवा करमा रु २ करोड ६० लाख ६२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंगेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरी काम गरिएकाले गत आव र अघिल्लो आव क्रमशः लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताए । उनि यस मानेमा अाफु अझै कडाईकाे साथ लागने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्