अमेरिकी समाजमा तीन श्रीमतीका एक श्रीमान : सामूहिक खानपानदेखि यौन क्रियाकलाप पनि सँगै (भिडियो सहित)



अमेरिका जस्तो मुलुकमा कुनै पनि पुरुष वा नारीले बहुविवाह गर्न पाउँदैनन् । गरि हालेता पनि त्यहाँको समाजले त्यसलाई सहजै स्वीकार्दैनन्  । तर त्यसको अपवाद हुन न्यू जर्सीका फेशन व्यवसायी पाउल ।

उनले तीनै श्रीमतीलाई सगोलमा राखेका छन् । पाउलको भेसा हुसेलसँग पहिलो विवाह भएको थियो तर त्यो त्यति लामो समय टिक्न सकेन किनकी उनी विवाह पश्चात पनि अन्य युवतीहरुसँग सम्बन्धमा रहिरहे । सोही कारण पाउलसँग हुसेल अलग्गिईन् ।

हुसेलले छाडेपछि पाउलले २७ वषिया हजेर र २५ वर्षीय लेडीलाई श्रीमतीका रुपमा एकचोटी भित्र्याए । उता अलग्गै बस्न थालेकी हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् ।

पाउलबाट सवै कुरामा तीनै जना सन्तुष्ट भएका कारण उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा सँगै राख्छन् । यसै कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन् ।

प्रतिक्रिया दिनुहोस्