संस्थाका पूर्व संरक्षक कटवाललाई सल्लाघारी एल्मुनाई एशोसियशनद्वारा सम्मान प्रदान



०४ साउन २०७५, काठमाडौं

सल्लाघारी एल्मुनाई एशोसियशन नेपालले आफ्नो पूर्व संरक्षक तथा पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवासँग भेटघाट कार्यक्रमका आयोजना गरेको छ ।

कार्यक्रममा पूर्व संरक्षक कटवालको निरन्तर सल्लाह र सहयोगको कदर गर्दै संस्थाका अध्यक्ष तथा पूर्व उपरथी तारा बहादुर कार्कीले सम्मान–पत्र प्रदान गरेका थिए । पूर्व सेनापति कटवालले संस्थालाई आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।

भेटका क्रममा पूर्व संरक्षक तथा पूर्व सेनापति कटवालले ‘यो संस्था नेपाली सेना र समग्र राष्ट्रको गौरव बन्न सकोस् र आगामी दिनमा यस संस्थाले अझ प्रगति गर्दै जाओस भन्ने शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्