प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न 



०४ साउन २०७५, काठमाडौं

प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापतिले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरी सकल दर्जाहरुलाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौँ फिर्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्