दोलखाका रामु खत्रीले १९ वर्षको उमेरमै गरे ९६ आविष्कार !



‘साथीसँग खेल्न जाँदा गाली गर्ने, पिट्ने गर्नुहुन्थ्यो, जे गर्न मन लाग्छ गर , खेल्ने भएपनि खेल तर घरमानै बसेर । घरबाट त्यस्तो व्यवहार गर्दा नरमाइलो लाग्थ्यो, रिस पनि उठ्थ्यो तर अहिले मेरै भविष्यका लागि भनेर सहि निर्णय गर्नुभएकोे रहेछ भन्ने लाग्छ ।’

०४ साउन २०७५, काठमाडौं

अन्य बालबालिकाले जस्तो खेल्ने, घुम्ने, अवसर नपाए पनि घरभित्र बसेर जस्ता कुरा पनि गर्ने छुट थियो, उनलाई  । कलिलो उमेरमा नै गहिरो सोच राख्ने छोरा अरुको संगतले बिग्रन्छ भन्ने लागेर घरभित्रै थुने उनका बुवा आमाले ।

त्यसैले त १९ वर्षको कलिलो उमेरमा नै ९६ भन्दा बढी आविष्कार गरिसकेका छन् ,युवा वैज्ञानिक रामु खत्रीले ।

दोलखाको झ्याँकुमा जन्मिएका खत्रीले चण्डेश्वरी प्राथामिक विद्यालयमा कक्षा तीन सम्मको अध्ययन गरे । कक्षा दुईमा अध्ययन गर्दा नै उनले खोलाबाट टर्वाइन घुमाएर विजुली निकाले । तत्पश्चात गोबर ग्याँसबाट विजुली निकाले भने सोलार क्याप पनि बनाए ।

दुई कक्षामा पढ्ने बालकले गरेको कामकोे प्रशंसा गर्ने र मानिस अचम्मित हुने नै भए । अनि त उनको चर्चा चल्ने नै भयो ।

विद्यालयबाट फर्किएपछि वा खाली समयमा बाहिर साथी भाईसँग खेल्न, घुम्न जाँदा पिटाई समेत खानुपर्याे रामुले ।

उनी भन्छन्, ‘साथीसँग खेल्न जाँदा गाली गर्ने, पिट्ने गर्नुहुन्थ्यो, जे गर्न मन लाग्छ गर , खेल्ने भएपनि खेल तर घरमानै बसेर । घरबाट त्यस्तो व्यवहार गर्दा नरमाइलो लाग्थ्यो, रिस पनि उठ्थ्यो तर अहिले मेरै भविष्यका लागि भनेर सहि निर्णय गर्नुभएकोे रहेछ भन्ने लाग्छ ।’

रामुले सोलार ट्रयाक्टर, प्लेन, हेलिकेप्टरको मोडेल र डिजाइन, सोलारबाट चल्ने गाडी, भान्छाबाट निस्किएको फोहोरबाट विजुली, विदेशमै बसेर पनि यहाँको ढोका खोल्न सकिने मेसिन लगायतका ९६ भन्दा बढी आविष्कार गरिसकेका छन् ।

गरिव परिवारमा जन्मिएका रामुले लामो समयसम्म एउटै कामलाई निरन्तरता दियो भने त्यसको नतिजा राम्रो निकन्छ भन्ने लागेर मेहनत गरिरहे ।

२०६५ सालमा उनी अध्ययन र आविष्कारलाई निरन्तरता दिन काठमाण्डौ प्रवेश गरे । काठमाण्डौमा सुरुवाती दिनहरु केही असहज भएपनि  छिट्टै वातावरणमा घुलमिल भए, आफूलाई चाहिएको समाग्री पनि उपलब्ध हुँदै गयो र विभिन्न कार्यक्रममा पनि सहभागी हुने अवसर पाए । उनले सिफलमा रहेको बाल व्यवसायी केन्द्रबाट एसएलसी उर्तीण गरे ।

तत्पश्चात् आफ्नो कामलाई अझै सहयोग पुग्ने हिसावले चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा विज्ञान संकायमा अध्ययन गर्न थाले । अध्ययन र आविष्कारलाई संगसंगै अघि बढाएका रामुले प्लसटु उर्तीण गरिसकेका  छन् ।

राष्ट्रपतिबाट राष्ट्रिय सम्मान पाउँदा आफूलाई भाग्यशाली सम्झिएँ, मैले पनि केही गरेछु जस्तो पनि लाग्यो । जुन पुरष्कारले अझै जिम्मेवारी बोध गराएको छ र अघि बढ्न प्रेरित गरेको छ ।’

विभिन्न समयमा साइन्स एक्जेविसनमा सहभागिता जनाएका  रामुले ४६ पटक प्रथम पुरस्कार हात पारेका छन् । त्यस्तै ५ पटक दोस्रो तथा २ पटक तेस्रो समेत भएका छन् ।

विद्यालय अध्ययनकै क्रममा उनले तत्कालिन जिल्ला शिक्षा कार्यलयले आयोजना गरेको कार्यक्रममा तीन पटक सहभागी बने र तीनै पटक प्रथम पुरष्कार समेत हात पारे । त्यस्तै जिल्लाबाट छानिएर अञ्चलमा पुगेका रामुले मध्यमाञ्चलबाट तीन पटक प्रथम स्थान हासिल गरेका छन् । साथै उनी देशव्यापी कार्यक्रममा भने दुई पटक प्रथम र एक पटक दोस्रो बने ।

रामुले सोलार ट्रयाक्टर, प्लेन, हेलिकेप्टरको मोडेल र डिजाइन, सोलारबाट चल्ने गाडी, भान्छाबाट निस्किएको फोहोरबाट विजुली, विदेशमै बसेर पनि यहाँको ढोका खोल्न सकिने मेसिन लगायतका ९६ भन्दा बढी आविष्कार गरिसकेका छन् ।

‘शिक्षकहरुले यहाँको उदाहरण दिनुभयो भन्दै विभिन्न विद्यालयका साथीहरु भेट्न आउछन् ,सामाजिक सञ्जालमा कुराकानी हुन्छ त्यतिबेला निकै खुसी लाग्छ ।’

अध्याँरोबाट पनि बिजुली निकाल्नका सकिन्छ भन्ने ‘डार्कनेस’को अध्ययन गरिरहेका रामुलाई आविष्कारको कदर गर्दै विभिन्न अवार्डद्वारा सम्मानित गरिएको छ  ।

उनी नेपाल सरकाले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरष्कारबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको उक्त पुरष्कार ग्रहण गरेपछि उनले आफूलाई भाग्यशााली सम्झिए ।

उनी भन्छन्,‘राष्ट्रपतिबाट राष्ट्रिय सम्मान पाउँदा आफूलाई भाग्यशाली सम्झिएँ, मैले पनि केही गरेछु जस्तो पनि लाग्यो । जुन पुरष्कारले अझै जिम्मेवारी बोध गराएको छ र अघि बढ्न प्रेरित गरेको छ ।’

एक रेडियो कार्यक्रममा आलुबाट बिजुली निकालेको समाचार सुनेर आफूले पनि केही गर्ने सोचका साथ अघि बढेका रामु सन् २०१६ र २०१७ गरी दुई पटक युवा वैज्ञानिक अवार्डबाट सम्मानित भए ।

त्यस्तै उनले भारतको नयाँ दिल्लीमा आयोजित साइन्स कन्फ्रेन्समा सहभागि बनेर सिल्भर मेडल पनि प्राप्त गरे । १६ राष्ट्रले सहभागिता जनाएको  उक्त कार्यक्रम सम्झदै उनी भन्छन्,‘त्यो निकै चुनौतीपूर्ण थियो ’।

पुरष्कारबाट प्राप्त भएको रकम नयाँ आविष्कारका लागि खर्च गर्दै आएका रामु कलेजबाट पनि निकै सहयोग प्राप्त भएको बताउछन् ।

नयाँ आविष्कारका लागि सामान भए पैसा नहुने र पैसा भए समान नपाइने अवस्थाबाट गुज्रिएका रामुलाई सामान पाए निकै अघि बढ्थेँ जस्तो लाग्छ । नेपालमा समान पाउन गाह्रो भएको उनले गुनासो गरे ।  

बाल्यकालमा साथीहरुको संगत गर्ने मौका पनि मिलेन रामुलाई । तथापी अन्य विद्यालका शिक्षकहरुले कक्षामा उदाहरण दिनुपर्दा आफ्नो उदाहरण दिएको सुन्दा निकै खुसी लाग्छ उनलाई ।

भन्छन्,‘शिक्षकहरुले यहाँको उदाहरण दिनुभयो भन्दै विभिन्न विद्यालयका साथीहरु भेट्न आउछन् ,सामाजिक सञ्जालमा कुराकानी हुन्छ त्यतिबेला निकै खुसी लाग्छ ।’

आफूले गरेको रिसर्चबारे मिडियामा ल्याउदा अर्कैले त्यसलाई आफ्नो बनाएको पीडा समेत छ रामुसँग । तथापी निकै मेहनतका साथ रिसर्च गरी रातदिन  तन मनका साथ भोकभाकै खटेर भए पनि नयाँ कुरा बाहिर ल्याउँदा भने निकै खुसी लाग्छ उनलाई ।

‘कार्यक्रमहरुमा जाँदा ठूला व्यक्तिहरुबाट आश्वासन मात्र पाउँछु । उहाँहरु  मेरो काम प्रति खुसी प्रकट गर्नुहुन्छ । तिमीलाई  सहयोग गछौँ भन्दै मेरो नाम, नम्बर र ठेगाना लिएर जानुहुन्छ । तर, पछि कुनै प्रतिक्रिया दिनुहुन्न, अनि दु:ख लाग्छ, उनी भन्छन् । ’

अवसर पाए रिसर्चका लागि विदेश जाने सोचमा पनि छन् । भन्छन्,‘अवसर पाएँ भने रिसर्चका लागि विदेश जाने सोचमा पनि छु । तर अध्ययन सकेपछि नेपालमै पर्किएर काम गर्ने अनि अरुका लागि बाँच्न मन छ । नेपालमा म जस्ता क्षमता भएका धेरै जन्मिएका छन् , तर अवसर नै पाइदैन । तथापी निरन्तर तन मन र धन लगाएर विज्ञानकै क्षेत्रमा लागि रहनेछु ।’

सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन, रामुमा भएको प्रतिभाका कारण उनलाई छात्रावृत्तीमा अध्ययन गराइएको बताउछन् । उनी भन्छन्, ‘गरिव परिवारमा जन्मिएका रामुले कलिलो उमेरमा धेरै रिसर्च गरिसकेका छन् । उनले गरेको रिसर्च र आविष्कारलाई फैलाउन जरुरी छ । हाम्रो कलेजबाट सकेको सहयोग गर्दै केही अवसर पनि दिएका छौँ । अझै सहयोगी हात भयो भने उनले केही गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्