विश्वकपको उत्कृष्ट गोलको मनोनयनमा रोनाल्डो र मेसी



०४ साउन २०७५, काठमाडौं

रसिया विश्वकपको उत्कृष्ट गोलको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी परेका छन् । यी दुवैको टिम विश्वकपको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएका थिए । तर, उनीहरूले गरेको गोल भने विश्कपको उत्कृष्ट गोलको मनोनयनमा पर्न सफल भएको हो ।

फिफाले आफ्नो वेभसाइट मार्फत फुटबल समर्थकलाई विश्वकपको उत्कृष्ट गोल छान्ने अवसर प्रदान गरेको थियो । जसमा यी दुई स्टारको गोललाई धेरैले मत प्रदान गरेका छन् । यी बाहेक फ्रान्सका बेन्जामिन पाभार्ड र स्पेनका नाचो फर्नान्डेजको गोललाई पनि धेरैले रुचाएका छन् । मेसीले समूह चरणको खेलमा नाइजेरिया विरूद्ध उत्कृष्ट गोल गरेका थिए ।

इभर बानेगाले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासलाई मेसीले डिबक्सभित्र आफ्नो जाघले नियन्त्रणमा लिँदै गोल गरेका थिए । यस्तै, क्रिस्टियानो रोनाल्डोले स्पेनविरूद्ध फ्रिकिकमार्फत गरेको गोललाई पनि धेरैले रुचाएका छन् । उनले समूह चरणको पहिलो खेलमै ह्याट्रिक गर्दा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए।

  • उत्कृष्ट गोल गर्ने सूचीमा परेका खेलाडीहरू :-
  • नाचो फर्नान्डेज (विरूद्ध पोर्चुगल)
  • क्रिस्टियानो रोनाल्डो (विरुद्ध स्पेन)
  • लुका मोड्रिच (विरुद्ध अर्जे्न्टिना)
  • टोनी क्रुस (विरुद्ध स्विडेन)
  • लिओनल मेसी (विरुद्ध नाइजेरिया)
  • हुँवा क्विन्टेरो (विरुद्ध जापान)
  • नासेर चाड्ली (विरुद्ध जापान)
  • डेनिस चेरिसेभ (विरुद्ध साउदी अरब र क्रोएसिया)
  • एन्जल डि मारिया (विरुद्ध फ्रान्स)
  • बेन्जामिन पाभार्ड (विरुद्ध अर्जे्न्टिना)
  • आर्टेम जुबा (विरुद्ध इजिप्ट)
  • अदनान जानुजाज (विरुद्ध इङ्ल्यान्ड)
  • जेसी लिङ्गार्ड (विरुद्ध पानामा)
  • ड्रिस मार्टिन्स (विरुद्ध पानामा)
  • अहमद मुसा (विरुद्ध आइसल्यान्ड)
  • रिकार्डो क्युरेसमा (विरुद्ध इरान)

प्रतिक्रिया दिनुहोस्