भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्द अविश्वासको प्रस्ताव दर्ता



०४ साउन २०७५, काठमाडौं

भारतको तल्लो सदन लोक सभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको छ। अस्ति बुधबार दर्ता भएको उक्त प्रस्तावमाथि आज शुक्रबार सदनमा छलफल हुदैछ।

प्रधानमन्त्री मोदी विरुद्द तेलगु देशम पार्टीका सांसद केसीनेरी श्रीनिवासले सो प्रस्ताव दर्ता गराएका हुन् भने प्रश्तावको पक्षमा कंग्रेस आई, त्रिणमुल कंग्रेस लगायत पाँच दल रहेका छन्।

५४४ सदस्य रहेको लोक सभामा सत्तारुढ गठबन्धन एनडीएका ३१२ सांसद छन् भने प्रतिपक्षी गथाबन्धन्को १५२ सांसद रहेका छन्। जहाँ भारतीय जनता पार्टीको मात्र २७३ सांसद रहेका छन्।

भारतीय इतिहासमा करिव डेढ दशकमा पहिलो पटक प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्