त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिपकराज महराद्वारा राजीनामा



०४ साउन २०७५, काठमाडौं

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिपकराज महराले राजीनामा दिएका छन्।

उनले त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन सस्थान (आइओएम) डीन कार्यालयमा प्रा.डा. जगदीश अग्रवाललाई भेटेर आज शुक्रबार विहान ११ बजे आफ्नो पदबाट राजिनामा दिएका हुन्।

निर्देशक महराले डा. गोबिन्द केसीको अनसन चलिरहेको बेला आफ्नो पदबाट राजिनामा दिएको भएता पनि त्यो बिषयमा कुनै सम्बन्ध नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन्। तर पनि यसलाई अनसनरत डाक्टर केसीसँग जोडेर विशेष रुपले हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्