४९ बर्षअघि आजकै दिन अन्तरिक्षमा खिचिएका तस्विरहरु (तस्विर सहित)



०४ साउन २०७५, काठमाडौं

४९ बर्षअघि अर्थात २० जुलाई १९६९ आजकै दिन अपोलो ११ नामक अन्तरिक्ष यान मार्फत निल आर्मस्ट्रङ, एड्विन ‘बज’ एल्ड्रिन, र माइकल कोलिन्सले चन्द्रमामा सफल अवतरण गरेका थिए ।

चन्द्रमामा पहिलो पाहिला निल आर्मस्ट्रङले टेकेका थिए भने त्यसको केहि सेकेन्डपछि एड्विन ‘बज’ एल्ड्रिनले टेकेका थिए। टोलीको कमान्डर निल आर्मस्ट्रङले सम्हालेका थिए।

चन्द्रमाको भुईको धुलो टेल्कम पाउडर जस्तो थियो भने उक्त धुलोमा स्पष्टसँग जुत्ताको डाम बस्थ्यो। जतिबेला एड्विन ‘बज’ एल्ड्रिनले आफुले टेकेको जुत्ताको डामको फोटो खिचेर ल्याएका थिए जुन संसारभरि धेरैले आश्चर्य मानेर नियालेका थिए।

त्यसमध्ये निल र बजले चन्द्रमाको सतहमा ओर्लेर तस्वीरहरु लिने, नमूना संकलन गर्ने लगायतका कामहरु गरी २१ घण्टासम्म बिताएका थिए । समस्त मानव जातिकै लागि उल्लेख्य सफलताको रूपमा रहेको उक्त क्षणलाई त्यसबखत झन्डै ५३ करोड जनाले प्रत्यक्ष हेर्ने र सुन्ने गरेका थिए ।

सो क्षणका केही तस्वीरहरु :-

 

प्रतिक्रिया दिनुहोस्