गोविन्द केसीलाई काँग्रेसले मानव ढाल बनायो : केशब बडाल



०४ साउन २०७५, काठमाडौं

२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा केसीका समर्थक र प्रहरीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप भएको थियो । झडपमा १० जना भन्दा बढी घाइते भएका थिए भने एक जना प्रहरी गम्भीर घाइते भएका छन् । झडप पश्चात अस्पतालभित्रै मारामार भएको भन्दै केसी काठमाडौं आउन तयार भएका थिए ।

अहिले सामाजिक संजालमा डा. केसीका पक्ष र विपक्षमा धेरै टिकाटिप्पणीहरु भईरहेका छन् । डा. केसीमाथि आस्था राख्नेहरुले उनका पक्षमा बोलिरहेका छन् भने उनका विपक्षीहरुले उनलाई काँग्रेसको कार्यकर्ता भनिरहेका छन् ।

उनको यो भनाईबाट पनि पुस्टि हुन्छ कि डा. गोविन्द केसी र गगन थापाविच दरिलो सम्बन्ध छ।

 

डा. केसीविरुद्ध सामाजिक संजालमा गरिएका टिकाटिप्पणीहरु यस्ता छन् :

यी डाक्टर हुन् की यमराज हुन् ? अब यिनका माग पुरा नभए देश भरका अस्पताल, नर्सिङ होम, क्लिनिक बन्द गर्छन रे । अब बिरामीका हातबाट सलाइन थुतिन्छन्, मुखबाट अक्सिजनका पाइप थुतिन्छन् ! बेडबाट बिरामी लखेटिन्छन्.. ! घिटिघिटी बिरामीहरूले अन्तीम सास लिन्छन् । कलियुगका यी यमराजहरू बेलाबखत बिरामी जाच्छन्, लाससंग पनि पैसा लुट्छन्, तर बाच्न दिदैनन् । सरकारी बार्ता टोलि जाँदा बार्ता गर्दिन रे, मन्त्रि प्रधानमन्त्रीनै जुम्ला पुग्नु पर्ने भो भोकै मर्छु भनेर धम्कि दिने कलियुगका डन डाक्टर केसी !
‘यति लेख्दा यिनका गोठालाहरु स्क्रिन सट गरेर पिछाड चिसो बनाउदै बुर्कुसी मार्न कस्सिने छन्’ गोठालाहरुलाई यो पनि एउटा खुराक बन्न सक्छ !

मनमोहनसँग नाम जोड्दा डा.केसीलाई केको आपत्ति : योगेश भट्टराई

डा. गोविन्द केसीको अनशनप्रति असहमति जनाउँदै सांसद योगेश भट्टराई भन्छन्, ‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने? मनमोहनसँग के दुश्मनी छ?’

मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया भनी भट्टराईले प्रश्न थपे ।

डा. केसीका कारण हामी टुहुरा हुनु नपरोस् । ए खबरको रिपोर्टमा सुन्नुहोस विरामीका आफन्तको पिडा

काँग्रेसका साथीहरुले मनमोहन अधिकारीको नाम नै सुन्न चाहदैनन्। नेपाली काँग्रेसले संसदमा छलफल गर्ने परिपाटीको अन्त्य गर्दै सडकबाट कानून बनाएर लोकतान्त्रिक मान्यताको धज्जी उडाएको छ। भगवान कोईराला जस्ता डाक्टरलाई शिक्षण अस्पतालबाट हटाउन पनि अनसन बस्ने डा. गोविन्द केसी नै हुन्। सुनौँ केशब वडालको धारणा जस्ताको त्यस्तै :

लिम्बु राज आफ्नो फेसबुकमा लेख्छन् :
१) सबै निजी मेडिकल कलेज खारेज गरिनु पर्छ नत्र राष्ट्रियकरण गरिनुपर्छ भन्ने माग कतै छ?
२) त्यसो नभए समान हकप्रद सेयर जारी गरेर सबैको साझा बनाउने माग कतै छ?
३) सरकारी अस्पतालका डाक्टरले निजीमा काम गर्न पाउनुहुन्न। बरू ओभरटाइम भएपनि सरकारीमा नै सेवा दिनुपर्छ भन्ने माग कतै छ?
४) सरकारी अस्पतालमा भइरहेको कामचोरी, बदमासी र गुणस्तरहीन सेवाप्रति लक्षित कुनै एउटा माग छ?
५) रू ५ प्रति ट्याव्लेट पाईने एन्टिवायाेटिककाे प्रति ट्याव रू २० मा बेच्न पाईन्न भन्ने माग कतै छ ?
६) निजि अस्पताल र क्लिनिकले बिरामि संग असुलेकाे ५% स्वास्थ्य सेवाकर छलेका छन कि छैनन छानविन गर भन्ने माग छ ??
७) डाक्टरकाे लापरवाहिले बिरामि मृत्यु भएमा डाक्टरलाई जिम्मेवार बनाईयाेस भन्ने माग कतै छ?
८) अन्तराष्ट्रिय मापदण्ड अनुसार मेडिकल कलेजका बिध्यार्धिले सिक्ने समयमा प्रति बिध्यार्थि दैनिक १० जना बिरामि हेर्न पाउनु पर्छ । १००बिध्यार्धि *१०=१००० जना दैनिक बिरामि नअाउने ठाममा मेडिकल कलेज खाेल्न नदे भन्ने माग कतै छ ?
९) पारामेडिक्सकाे अध्ययन लगानि अनुसार तलव भत्ता दिनु पर्छ भन्ने माग छ ?
१०) अाैषधि कम्पनिले डाक्टर किनेर लगाएकाे सिन्डिकेट बिरूद्द कुनै माग छ ? छ भने डा केसिकाे माग जायज छ ।

डा.केसीलाई आफ्नो छोरीसँग तुलना गर्दै बालहठ त्याग्न राष्ट्रिय सभा सांसद डा. विना पौडेलको आग्रह :

 

प्रतिक्रिया दिनुहोस्