डाक्टर केसीलाई लिन गएको सरकारी टोलि माथि जुम्लेली आमा समुहको अवरोध



०३ साउन २०७५, काठमाडौं

चिकित्सा क्षेत्रको सुधारका निम्ति भन्दै विगत २० दिनदेखि अनसनरत डाक्टर गोविन्द के.सी लाई काठमाडौँ लैजान आएको भन्दै जुम्लाका गाउँ गाउँबाट आएका जुम्लेली आमा समूह सहितको स्थानीय गाउँलेको टोलीलाई प्रहरीले बिच बाटोमै रोकेको छ । अहिले सदरमुकाम भित्रने कुनैपनि सवारी साधन प्रवेश निषेध गरिएको छ ।

आमा समूह र विद्यार्थी विरोधमा उत्रिएपछि डा. केसीलाई लिन गएको सरकारी टोली पछि हटेको थियो । विगत २० दिनदेखि चिकित्सा क्षेत्रको सुधारका लागि जुम्लामा अनसनरत डा. केसीलाई लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहितको सरकारी टोली हेलिकप्टर लिएर जुम्ला गएको थियो ।

डाक्टर केसीको माग पुरा नभएसम्म उनलाई जुम्लाबाट बाहिर लैजान नदिने भन्दै गाउँ गाउँबाट आमा समूह सदरमुकाम आउने क्रममा छन् । डा. केसीको पछिल्लो स्वास्थ्य कमजोर बन्दै गएको जानकारी पछि सरकारले बुधबार राति उनलाई लिन पठाउने निर्णय गरेको थियो । डा. केसीको जायज मागहरु पुरा गराउन माग गर्दै देशभरका चिसित्सकहरु यतिबेला आन्दोलित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्