आफ्नै कमाईले घर बनाउने बुगीवुगी प्रतिस्पर्धी सरोज मोक्तानको सपना (भिडियो सहित)



‘बुगीवुगी मेरो लागि यति ठूलो प्ल्याटफर्म हो जसको कारण मैले मेरो प्रतिभा देखाउनपाएको छु । नेपालमा यति ठूलो रियालिटी शो आउनु भनेको मेरो लागि मात्र नभएर हामी सम्पूर्ण डान्स गर्न चाहनेहरुको लागि एकदमै ठूलो कुरा हो ।’

३२ असार २०७५, काठमाडौं

दर्शकहरुको अत्याधिक भोट र मायाका कारण सरोज मोक्तान बुगीवुगीको टप ४ मा पर्न सफल भएका छन् । सानैदेखि नृत्यमा भविष्य खोजिरहेका सरोजले आफूलाई बुगीवुगी को टप ४ सम्म ल्याउनु हुने सम्पूर्ण नृत्यप्रेमी दर्शकहरुलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा पनि यसरी नै साथ र सहयोग गरिदिन आग्रह गरे ।

सरोज भन्छन्,‘आजसम्म मेरो आमाबुबाले मेरो लागि धेरै गर्नुभयो अब म उहाँहरुको लागि केहि गर्न चाहन्छु ।’

गरिब परिवारमा जन्मिएका सरोज पारिवारीक स्थिति कमजोर भएका कारण नाँच्नको लागि त्यस्तो मौका पाएका थिएनन् । तर उनी बुगीवुगीका कारण आज सम्पूर्णमा लोकप्रिय बन्न पुगेका छन् । सरोज भन्छन्, ‘बुगीवुगी मेरो लागि यति ठूलो प्ल्याटफर्म हो जसको कारण मैले मेरो प्रतिभा देखाउनपाएको छु । नेपालमा यति ठूलो रियालिटी शो आउनु भनेको मेरो लागि मात्र नभएर हामी सम्पूर्ण डान्स गर्न चाहनेहरुको लागि एकदमै ठूलो कुरा हो ।’ आफू बुगीवुगीमा बाबाआमाको सपना पुरा गर्न आएको उनी बताउँछन् ।

बुगीवुगीको यात्रापछि पनि नृत्यलाई नै निरन्तरता दिई भविष्यमा ठूलो कोरियोग्राफर बन्ने सपना रहेको छ ।

उनले भने अरु केहि नभए पनि नाचेर केहि गर्छु भन्ने सोचका साथ बुगीवुगीमा आएको थिए तर टप ४ मा आउँछु भनेर चाहीँ सोचेको थिइन । सरोजले भने, ‘आज म जुन स्थानमा छु, मात्र मेरो आमाबाबाको कडा परिश्रमको कारण छु ।’ सरोजकी आमाले एउटा आँखा देख्दिनन ।  त्यति मात्र नभएर सरोजकी आमा शारीरिक हिसाबले पनि यति अस्वस्थ छिन् कि उनी महिनामा रु. १०,००० हजार भन्दा बढिको औषधी खाने गर्छिन् । उनले औषधी खान थालेको १२ बर्ष भैसकेको उनी बताउँछिन् । सरोजकी आमा नशा र बाथकी रोगी हुन् भने सरोजका बुवा सुगर रोगका पिडित हुन् । सरोज भन्छन्,‘आजसम्म मेरो आमाबुबाले मेरो लागि धेरै गर्नुभयो अब म उहाँहरुको लागि केहि गर्न चाहन्छु ।’

‘आज म जुन स्थानमा छु, मात्र मेरो आमाबाबाको कडा परिश्रमको कारण छु ।’

बुगीवुगीको यात्रा सरोजको लागि एकदमै कष्टकर रहेको उनले बताए । तर यहाँ सम्म आईपुग्नको लागि आफूले एकदमै कडा मिहिनेत गरेको उनी बताउँछन् । बुगीवुगीको यात्रापछि पनि नृत्यलाई नै निरन्तरता दिई भविष्यमा ठूलो कोरियोग्राफर बन्ने सरोजको सपना रहेको छ । उनले आफ्नै कमाईले घर बनाएर आमाबुबालाई राख्ने सपना समेत रहेको बताए ।

बुगीवुगीमा आउनु भन्दा अगाडी सरोजको आफ्नै घरायसी समस्या भएकाले उनी विदेश पलायन हुने सोचमा थिए । घरको आर्थिक स्थिति कमजोर भएकाले बाध्य भएर विदेश जान लागेका सरोजले बुगीवुगी हुँदैछ भन्ने थाहा पाएपछि आफ्नो निर्णय परिवर्तन गरेका थिए ।

‘घरभित्र पानी छिरेको कुरा सुनेपछि म यति दुःखी भएको थिए कि मलाई आमाबुबालाई केहि भयो कि भन्ने कुुराको चिन्ता लागि रहन्थ्यो

वास्तवमा भन्ने हो पहिले सरोजलाई नाँच्नको लागि परिवारको सपोर्ट थिएन । किनकी त्यतिबेला नेपालमा डान्सको स्कोप थिएन । सरोजका बाबुआमा आफ्नो छोराले  केहि राम्रो काम गरेर पैसा कमाओस् भन्ने चाहन्थे । हुन त सरोजका बाबु पनि सांगीतिक क्षेत्रमा रुची भएका मान्छे हुन् तर छोराले डान्स गरेर पनि त्यतिबेला केहि उपलब्धि प्राप्त नगरेकाले उनका बाबुआमाले सरोजलाई साथ दिन सकेका  थिएनन् ।

सरोज भन्छन्, ‘त्यतिबेला पनि मेरो आमाबुबाले मेरो भविष्य राम्रो बनोस् भनेर नै मलाई डान्सभन्दा अरु नै केहि काम गर भन्नुभएको थियो र आज पनि मेरो लागि मेरो आमाबाबा दिनरात भोट माग्नको लागि आफ्नो कामै छोडेर लागिरहनु भएको छ ।’

केहि दिन अगाडी मात्र निरन्तर भएको बर्षाका कारण सरोजको घरमा समस्या आएको थियो । रातको समयमा पानी परेको हुनाले सबै सामानहरु पानीले बगाएको उनले बताए । त्यति मात्रै नभएर निकै भावुक हुँदै उनले भने, ‘घरभित्र पानी छिरेको कुरा सुनेपछि म यति दुःखी भएको थिए कि मलाई आमाबुबालाई केहि भयो कि भन्ने कुुराको चिन्ता लागि रहन्थ्यो तर बहिनी पनि आमाबुबासँगै भएकाले आमाबुबालाई चाहिँ केहि पनि भएन । अहिले उहाँहरु ठिक हुनुहुन्छ र घरको अवस्था पनि ठिकै छ ।’सरोजले अब नृत्यमा अघि बढेर नृत्यमै केहि योगदान दिने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्