नेपाली जुत्ता घरको समर सेल मेलामा गुणस्तरीय उत्पादनहरु



०१ साउन २०७५, काठमाडौं

नेपाली जुत्ता घरले आयोजना गरिरहेको समर सेल मेलामा ग्राहकहरुको अत्याधिक भीडका कारण कम्पनीले विभिन्न मोडल र डिजाइनका जुत्ता चप्पलहरु बिक्री गरिरहेको छ ।

कम्पनीहरुले अहिले बजारमा माग भएका जेन्स जुत्ता, बुट, स्कूल सुज, पार्टि सुज, स्पोर्टस सुजहरु भारी छुटमा बिक्री गरिरहेको छ । कम्पनीका विभिन्न डिजाइनका जुत्ताहरु ग्राहकहरुले निकै मनपराएको हुँदा अहिले भारी छुट मुल्यमा ग्राहकहरुलाई उत्पादन बिक्री गरिरहेका हुन् ।

नेपाली जुत्ताघरमा रहेका ९ कम्पनीहरुले ग्राहकहरुका लागि भारी छुटा मुल्यमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् ।

समर सेलमा बिएफ डियरहिल सुजले निकै सस्तो मूल्यमा बिक्री गरिरहेको छ, जहाँ न्यूनतम १ हजार रुपैयाँमा नै नयाँ उत्पादन किन्न पाईनेछ । कम्पनीले ९ वटा फरक फरक मोडलका उत्पादनहरुमा विशेष छुट मूल्य दिएको छ ।

त्यस्तै शिखर सुजले ८,५०० रुपैयाँ पर्ने जुत्ता ६,८०० रुपैयाँमा ग्राहकहरुलाई उपलब्ध गराएको छ, जसले न्यूनतम १,५०० रुपैयाँमा नै शिखर सुजका उत्पादनहरु बिक्री गरिरहेकोछ । शिखर सुजले आफ्ना ८ वटा मोडलका उत्पादनहरुमा विशेष मुल्य कायम गर्दै ग्राहकहरुलाई नयाँ अफर दिएको छ ।

कोशेली ब्राण्डले पनि ३,०९५ रुपैयाँ पर्ने जुत्तालाई २,००० रुपैयाँमा नै ग्राहकहरुका लागि बिक्रीका लागि राखेको छ भने यस कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयाँमा आफ्ना जुत्ताहरु बिक्री गरिरहेको छ । कम्पनीले विभिन्न ५ मोडलका उत्पादनहरुमा विशेष अफर दिएको छ ।

क्रसरोड ब्राण्डले आफ्ना ग्राहकहरुका लागि न्यूनतम ८,०० रुपैयाँमा नै जुत्ता चप्पल बिक्री गर्ने योजना राखेको छ । यस कम्पनीले ३,८९५ पर्ने जुत्ता समर सेल मेलामा ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ । कम्पनीले आफ्ना विभिन्न ६ मोडलका उत्पादनहरुमा विशेष छुट दिने भएको हो ।

स्काई सुज ब्राण्डले समर सेल मेलाको अवसर पारेर अफर मूल्यमा जुत्ता चप्पल बिक्री गरिरहेको छ । कम्पनीले २,७९० रुपैयाँ पर्ने जुत्तालाई अफरमा १,५०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने न्यूनतम १,००० रुपैयाँमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ ।

टाकुरा ब्राण्डले ग्राहकहरुका लागि समर सेल मेलामा आफ्ना उत्पादनहरु विशेष छुट मूल्यमा बिक्री गरिरहेको छ। जहाँ कम्पनीले बजार मूल्य २५९० पर्ने जुत्तालाई मेलामा १,८०० रुपैयाँमा नै बिक्री गरिरहेको छ । त्यस्तै कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयामा पनि आफ्ना केहि उत्पादनहरु ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ ।

लेदर विंग्स ब्राण्डले आफ्ना ५ वटा मोडलका जुत्ता चप्पलहरुमा विशेष छुट दिएको छ । समर सेल मेलामा कम्पनीले ३,८५० रुपैयाँ बजार मूल्य रहेको उत्पादन ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

लेडिज शुज ब्राण्ड शुल्याण्डले पनि आफ्ना उत्पादनहरुमा विशेष अफर मूल्य कायम गरेको छ । कम्पनीले समर सेल मेलामा विभिन्न मोडलका स्याण्डलहरु ४,०० र ४,५० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

समर सेल मेलामा सफ्टच ब्राण्डले पनि आफ्ना विभिन्न मोडलका जुत्ताहरु बिक्रि गरिरहेको छ, जहाँ कम्पनीले ७ मोडलका उत्पादनहरु अफर मूल्यमा ग्राहकहरुलाई बिक्री गरिरहेको छ ।

मेलाको अवसर पारेर नै बिएफ डियर हिलको १,७५० रुपैयाँ बजार मूल्य रहेको लेदर चप्पल १,४०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने १,३३० रुपैयाँ पर्ने लेदर चप्पल १,००० रुपैयाँमा बिक्री गरिरहेको छ ।

त्यस्तै शिखरले जेन्स चप्पल ४,०० रुपैयाँमा बिक्री गरिरहेको छ भने लेडिज चप्पल ३,०० रुपैयाँमा बिक्री गरिरहेको छ । शिखरले बजार मूल्य २,७०० पर्ने स्पोर्टस सुज समर सेल मेला अवधिभर १,५०० रुपैयामा उपलब्ध गराएको छ ।

यो बाहेक सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।

नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले नेपाली जुत्ता चप्पल ग्राहकहरुले निकै मनपराएको र माग अत्यधिक भएको हुँदा भारी छुटमा नेपाली उत्पादनहरु उपलब्ध गराएको जानकारी दिए ।

‘नेपाली जुत्ता चप्पल टिकाउ र गुणस्तरीय छन भन्ने ग्राहकहरुलाई थाहा भईसकेको छ, त्यसैले ग्राहकहरु दोहोर्याएर हाम्रा उत्पादनहरु किन्न आएका छन्, उनीहरुको सुविधालाई ध्यानमा राखेर भारी छुट दिएका हौं,’ उपाध्यायले भने ।

हरेक नेपालीको खुट्टामा नेपाली ब्राण्डका जुत्ता चप्पल होस भन्ने उद्धेश्यले समर सेल मेलामा अफर मूल्य दिईएको हो । नेपाली जुत्ता चप्पल ब्राण्डको दिन प्रतिदिन बजार बिस्तार भईरहेको र ग्राहकहरुले अधिक मनपराएको हुँदा पनि कम्पनीहरुले भारी छुटमा नेपाली जुत्ता चप्पलहरु भारी मूल्यमा उपलब्ध गराएका हुन् ।

नेपाली जुत्ता घरको जमल, बालाजु बुद्धमल, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटि ललितपुर र पोखरामा रहेको पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारिक शोरुमहरुमा समर सेल मेलाअन्तरगत भारी छुटमा नेपाली जुत्ता चप्पलहरु खरिद गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्