काँग्रेसी मेडिकल कलेजका साहुजीहरुको लगानीमा रातभर मह खाँदै डा.केसी अनसनमा बसेको खुलासा



३१ असार २०७५, काठमाडौं

त्रिभुवन विश्वविद्यालयको जागिर खाएर जनताको विरुद्धमा नै पटक पटक आन्दोलन गर्दै आएका डा. गोविन्द केसी खत्री पछिल्लो समय नेपाली काँग्रेसको रक्षाकवच बन्न पुगेका छन् । जुम्ला पुगेर रातभर मह खाँदै अनसनको नाटक गरेका डा. गोविन्द केसी काँग्रेसमा आवद्ध जो जसले मेडिकल कलेज खोले पनि हुने, अस्पताल चलाएपनि हुने, अरु पार्टीमा आवद्धले चलाउनै नहुने राजनीतिक मानसिकताको शिकार भएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश मेडिकल कलेज काँग्रेस निकटस्थहरुको मात्रै रहेको छ । विराटनगरको नोबेल मेडिकल कलेज काँग्रेसनिकट सुनिल शर्माको हो । गत प्रतिनिधिसभाको निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार समेत भएका थिए ।

विराट मेडिकल कलेजका साहुजी ज्ञानेन्द्रबहादुर कार्की काँग्रेसका नेता हुन् । उनले मेडिकल कलेज खोल्न पाएकै छन् । चितवन मेडिकल कलेजका सञ्चालक डा हरिश न्यौपाने पनि काँग्रेसी नै हुन् । उनले मेडिकल कलेज खोल्दा कहाँ थिए गोविन्द केसी ? गण्डकी मेडिकल कलेजका सञ्चालक खुम अर्याल पनि काँग्रेस कार्यकर्ता हुन् । मेडिकल शिक्षाको नाममा न्यौपाने र अर्यालले जनता लुट्ने काम गरिरहेका छन् ।

यसैगरी डा. चन्दा कार्कीले सञ्चालन गरेको काठमाडौं मेडिकल कलेज पनि काँग्रेसकै पालामा स्वीकृति दिइएको कलेज हो । कार्की पनि काँग्रेसी कार्यकर्ता हुन् । नेपालगञ्ज मेडिकल कलेजका साहुजी सरेश कनोडिया समेत काँग्रेसी कार्यकर्ता हुन् । किष्ट मेडिकल कलेजका साहुजी बालमानसिं कार्की अख्तियारका पूर्व प्रमुख आयु्क्त लोकनमासिं कार्कीका भाइ हुन् । राजावादी ठानिएका कार्की नेपाली काँग्रेसमा आवद्ध छन् ।

लुम्बिनी मेडिकल कलेजका साहुजी गोपाल पोखरेल पनि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हुन् । डा. भोला रिजालको लगानी रहेको नेपाल मेडिकल कलेज पनि काँग्रेसको समयमा नै स्वीकृति दिइएको हो । नक्कली बिरामी राख्ने भनेर परिचय बनाएका डा. रिजाल पनि राजनीतिक रुपमा काँग्रेससँग आवद्ध छन् ।

यस्तै, युनिभर्सल मेडिकल कलेज चलाउने खुम अर्याल, मणिपाल मेडिकल कलेजका डा. बीएम नागपाल र कलेल अफ मेडिकल साइन्सेज चितवनका साहुजी नागेन्द्र के पम्पाटी समेत काँग्रेसनिकट नै रहेका छन् । जताततै काँग्रेसनिकट व्यापारीले मेडिकल कलेज चलाउन हुने, अरु राजनीतिक दल आवद्धले भने चलाउनै नहुने एकोहोरो हठमा गोविन्द खत्री लागेका छन् ।

डा. गोविन्द केसीलाई माथि उल्लेखित मेडिकल कलेजका साहुजीहरुले लगानी गरेका छन् । केसीका कारण हरेक वर्ष २० अर्बका दरले नेपाली मुद्रा विदेशिएको छ । गोविन्द केसीलाई लगानी गरेर अनशन बसाउन ज्ञानेन्द्रबहादुर कार्की, भोला रिजाल, सुनिल शर्मा, हरिश न्यौपाने, बलमानसिंह कार्की लगायतले लगानी गरिरहेका छन् ।

यतिखेर गोविन्द केसीको आन्दोलन काँग्रेसको निर्देशनमा राजेन्द्र पाण्डे र दुर्गा प्रसाईविरुद्ध मात्रै केन्द्रित रहेको जानकारहरुले बताएका छन् । त्यसकारण केसीलाई कानुनी कारबाही गर्नु नै उपयुक्त हुने उनका आलोचक तथा पीडितहरुको भनाइ छ ।

आजको पत्रपत्रिका भन्ने शिर्षकमा समाचार साभार गरिने क्रममा सफल खबरबाट काँग्रेसको लगानीमा डा. केसी रातभर मह खाँदै अनसनको नाटक भन्ने समाचार हामीले साभार गरेका हौं ।

जुम्लामा अनसनरत डा. केसीको बारेमा राष्ट्रिय दैनिक पत्रिकाहरुले प्राथमिकतामा राखी समाचारहरु सम्प्रेषण गरिरहेको बेला डा. केसी विरुद्धको पहिलो समाचार आज छापिएको छ ।

र यो पनि पढ्नुहोस्…

गोविन्द केसीलाई काँग्रेसले मानव ढाल बनायो : केशब बडाल

प्रतिक्रिया दिनुहोस्