‘आफूलाई जन्म दिने आमालाई आफ्नै सन्तानले यतिसम्म गर्न सक्छन्’ : ९० वर्षे रमादेवीको पिडा



२६ असार २०७५, काठमाडौँ

जन्मिदै टुहुरी जस्ती भएकी कान्छी छोरीलाई श्रीमानको निधनपछि धेरै दु:ख गरेर हुर्काइन् । क्याम्पस समेत पढाएर आमाकै भनसुनमा कान्छी छोरीले जागिर समेत खाईन् । सानोमा माया गर्ने कान्छी छोरीलाई सम्पत्ति दिएपछि अझ बढी माया र हेरचाह पाउने आशाले रमादेवी उप्रेतीले आफ्नो सवै सम्पत्ति छोरीको नाममा गरिदिईन् ।

दुर्भाग्य के भने कान्छी छोरीलाई सवै सम्पत्ति दिएको भन्दै अरु चार छोरीहरु र एउटा छोराले समेत वेवास्ता गरे । सँगै बसेको लामो समयपछि झापामा भएको घरजग्गा बेची काठमाडौंमा घर बनाएपछि त्यही कान्छी छोरी र पिएचडी गरेका ज्वाई समेत मिलेर दुर्व्यवहार गर्दै घरबाट निकाले ।

रमाले सरकारले दिने बृद्धभत्ता समेत पाएकी छैनन् । उनको बृद्धभत्ता पाउने कागजात ज्वाइँछोरीले कब्जामा राखेका छन् । ‘बृद्ध भत्ता माग्दा किन चाहियो भन्छन,’ उनले भनिन, ‘सरकारले दिएको रकमसमेत आफू खुशी खर्च गर्न पाउँदिन ।’

हाल नातिनी सँगै बस्दै आएकी रमादेवी उप्रेतीलाई निजका छोरा छोरीले धम्काएर आश्रय दिनेलाई समेत कुटपिट गर्ने गरेका छन् । कुनै समय उनीसँग तेह्रथुम आठराइमा राम्रो बन्दोबस्त थियो । झापा झरेपछि पनि उनलाई दुइ छाक खान लगाउन समस्या थिएन । अहिले यस्तो अबस्था उनकै गर्भमै हुँदा बाबु गुमाएकी छोरी इश्वरीले गराएकी हुन् । रमा अहिले ९० बर्षे बृद्ध उमेरमा लौरो टेकेर आफ्नै छोरीज्वाईंले गरेको अन्याय सबैलाई सुनाउँदै हिँडिरहेकी छन् ।

झापा झरेर बहिनी ज्वाँईकै आसपास बस्दै आएकी रमादेवीलाई आफ्नै बहिनी ज्वाँईले जग्गा किनिदिन्छु भनेर गाई वस्तु तथा मकै बेचेर ल्याएको पैसा समेत खाईदिएको र साथमा आफुले लगाएको गरगहना पनि बहिनीले लगेर अझै फिर्ता नदिएको उनी सुनाउँछिन् ।

छोराछोरी हुर्काउन्जेलमात्र इश्वरीलाई आमा चाहिएको रहेछ । उनले आमालाई देख्नै नसक्ने भईन् । ‘आजै निस्केर जा, भोली नै निस्केर जा भन्न थालिन,’ रमाले भक्कानिदै सुनाइ्, ‘ज्वाईंले पनि तेरो केही छैन भनेर निस्कि भने ।’

रमाका छोरा श्रीमती लिएर सानैमा घरबाट निस्किए । अरु छोरीहरु हुर्केपछि विवाह गरेर पठाइन् । कान्छी छोरी ७ महिनाको गर्भमा हुँदा श्रीमान् विते । जन्मदै बाबु नदेखेकी इश्वरीलाई रमाले सारै दुख गरेर हुर्काइन् । बिहा गरेर दिए पनि छोरी इश्वरी आमाकै घरमा बस्थिन् । उनी त्यहाँको विद्यालयमा शिक्षिका थिइन् । ज्वाईं डा. तारानाथ मैनाली पाटन औद्योगिक क्षेत्रमा रहेको ढलौट कम्पनीका महाप्रबन्धक थिए । साथमा छोरी हुने भएकाले उनैले बुढेसकालमा आफ्नो हेरचाह गर्लिन, पाल्लिन भनेर रमाले आफ्नो भएको सबै चल अचल सम्पत्ति छोरीका नाममा गरिदिइन् ।

इश्वरीका छोराछोरी जन्मेपछि स्याहार्न रमा काठमाडौं आइन् । नातिनातिना हुर्काइन् । तत्कालीन मन्त्री राधाकृष्ण मैनालीलाई भनेर उनले छोरीको सरुवा काठमाडौं गराइन् । छोरी काठमाडौं आउँदा आमाले दिएको सबै श्रीसम्पत्ति छोरीले बेचेर ल्याइन् । त्यही पैसाले उनले काठमाडौंको इमाडोलमा एक रोपनीभन्दा बढी जग्गा किनेर ६ तल्ले घर बनाइन् ।

छोराछोरी हुर्काउन्जेलमात्र इश्वरीलाई आमा चाहिएको रहेछ । उनले आमालाई देख्नै नसक्ने भईन् । ‘आजै निस्केर जा, भोली नै निस्केर जा भन्न थालिन,’ रमाले भक्कानिदै सुनाइ्, ‘ज्वाईंले पनि तेरो केही छैन भनेर निस्कि भने ।’

रमासँग उनकी छोरी बोल्न छाडेको १६ बर्ष भयो । ‘घरमा हुँदा आँखामात्रै तर्थी,’ रमाले भनिन्, ‘मेरो जाने ठाउँ थिएन । आँशु पिएर त्यही घरमा बसेँ । अब अति भएकाले घर छाड्न बाध्य भएको हुँ ।’ उनलाई घरमा हुँदा छोरीले पानीमा समेत ताल्चा लगाएर हिँड्थिन् । कैयौं पटक उनका लुगाफाटा लगायतका सामान छोरीले फ्याँकिदिइन् । तिनैलाई समेटेर उनी रात विताउन छिँडिमा पुग्थिन् । कैंयौं रात छिँढिमा काटेको रमाले पीडा सुनाइन् ।

रमाले सरकारले दिने बृद्धभत्ता समेत पाएकी छैनन् । उनको बृद्धभत्ता पाउने कागजात ज्वाइँछोरीले कब्जामा राखेका छन् । ‘बृद्ध भत्ता माग्दा किन चाहियो भन्छन,’ उनले भनिन, ‘सरकारले दिएको रकमसमेत आफू खुशी खर्च गर्न पाउँदिन ।’

रमाको पीडा सुन्दा जोसुकैको आँखा रसाउँछन् । आफ्नै सन्तानले आफूलाई जन्म दिने आमालाई यतिसम्म गर्न सक्छन् भनेर मानवता भएको मानिसले कल्पनै गर्न सक्दैन ।

आमाको सम्पत्ति हत्याएर आमालाई घरबाट निकाल्ने छोरी इश्वरी राजधानीको बालुवाटारस्थित एक सरकारी विद्यालयकी शिक्षिका हुन् । उनलाई दुब्यवहार गर्ने ज्वाईं तारानाथ मैलालीले धर्मशास्त्रमा विद्याबारिधि गरेका छन् । 

रमाले इश्वरीलाई झापामा दिएको घरजग्गाको मूल्य अहिले १ करोडभन्दा बढी पर्छ । त्यत्रो सम्पत्तिकी मालिक रमा अहिले विहान बेलुकाको छाक टार्न हात पसार्नु पर्ने अबस्थामा पुगेकी छिन् । सासुको सम्पत्ति हत्याउने तारानाथ मैनालीले झापामा रहेको घरजग्गा पहिले ऐलानी रहेको र पछि आफ्नै श्रीमतीका नाममा दर्ता भएकाले बेचर ल्याएको स्वीकारे । रमाले आफ्नो ऐलानी जग्गामा बनेको घरसहित छोरीको नाममा दर्ता गराइदिएकी थिइन् । अहिले तारानाथको परिवारले उक्त सम्पत्ति आफ्नो भएको दावी गरेका छन् । उनले सासुलाई पाल्ने दायित्व आफ्नो भएको स्वीकार्दै उहाँलाई ईसाइहरुले उचालेर आफ्नो विरुद्ध भड्काएको दावी गरे । ‘उहाँ आए हामी पाल्न तयार छौं,’ उनले भने, ‘उहाँलाई आफन्तहरुले मेरो सम्पत्ति पाउन उकासेका हुन् ।’

आमाको सम्पत्ति हत्याएर आमालाई घरबाट निकाल्ने छोरी इश्वरी राजधानीको बालुवाटारस्थित एक सरकारी विद्यालयकी शिक्षिका हुन् । उनलाई दुब्यवहार गर्ने ज्वाईं तारानाथ मैलालीले धर्मशास्त्रमा विद्याबारिधि गरेका छन् ।

रमाले आफ्नो सम्पत्ति फिर्ता गरिदिन मैनाली समाजमा समेत निवेदन दिएकी छन् । उनको निवेदनको खासै सुनुवाइ भएको छैन । अन्य निकायमा गएर न्याय पाइने कुरा रमालाई जानकारी छैन । रमा न्याय दिलाइदिने निकायको खोजीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्