जारी विश्वकपमा चम्कदै रोनाल्डोका फ्यान केलियन एमबाप्पे



२२ असार २०७५, काठमाडौं

जारी विश्वकप फुटबल फ्रान्सका किशोर खेलाडी केलियन एमबाप्पेका लागि आफूलाई विश्व फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा प्रस्तुत गर्ने माध्यम बनेको छ । उनले अन्तिम १६ अन्तर्गत अर्जेन्टिनासँगको खेलमा दुई सुन्दर गोल गरेर विश्वभरका फुटबल प्रेमीलाई आफूतर्फ आकर्षित गरे ।

सो खेल वर्षाैसम्म सम्झिने नकआउट चरणको खेल बनेको छ । उक्त खेलमा एक यस्ता खेलाडी विशेष रुपमा उदाय जसले आफूलाई अबको उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने संकेत दिए ।

सन् १९५८ यता विश्वकपको एक खेलमा दुई गोल गर्ने एमबाप्पे पहिलो किशोर खेलाडी बनेका छन् । सन् १९५८ मा १७ वर्षका पेलेले फाइनलमा स्वीडेन विरुद्ध दुई गोल गरेका थिए । सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पे छानो छदाँ पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका फ्यान थिए ।

उनको कोठाको भित्ताभरी रोनाल्डोको पोस्टरहरु टाँसिएका छन् भने उनी रोनाल्डोको पोस्टर सामु मुस्कुराउँदै गरेकोे तस्बिर देख्न सकिन्छ । तर अब विश्वभर फुटबलमा आफ्नो स्थान बनाउन खोज्ने बालकको कोठामा एमबाप्पेको पोस्टर हुनेमा कुनै दुई मत छैन ।

 

प्रतिक्रिया दिनुहोस्