विवाहको लागि आफूलाई सम्मान गर्ने र साथ दिने व्यक्ति खोज्दैछु : मिना ढकाल (भिडियो सहित)



२१ असार २०७५, काठमाडौं

हाँस्यकलाकार मनोज गजुरेलसँगको सम्बन्ध विच्छेद पछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी मिना ढकालले एक अन्तरवार्ताका क्रममा अर्काे विवाहको सोच बनाएको बताईन् । ढकालका अनुसार, ‘उनी आफ्नो काम र आफूलाई सम्मान गर्ने साथै अगाडी बढ्न साथ दिने व्यक्तिसंग विवाह गर्न चाहन्छिन् र  अबको बाँकी जीवनको लागि भरपर्दो साथीको खाँचो महसुस भएको समेत बताउँछिन् ।

पछिल्लो समयमा विभिन्न सामाजिक संजालदेखि संचार माध्यममा छाएकी मिनाले तीज गीत ल्याउने तयारी गरिरहेकी छिन् । कलाकार मनोज ढकालसंगको सम्बन्ध विच्छेद पछि उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि उनका गीतहरु सार्वजनिक भैसकेका छन् ।

कलाकारिता क्षेत्रमा लागेपश्चात मिनाले चलचित्र निर्माणमा समेत पाइला बढाउँदैछिन् । उनको चलचित्र निर्माणको काम दशैं पछाडी मात्र सुरु हुने उनले बताईन् । पहिले विवाह बन्धनका कारण आफूले गर्न चाहेको काम गर्न नपाएको बताउंदै आएकी ढकालले उक्त चलचित्रमा आफूले पनि अभिनय गर्ने बताएकी छिन् । उनका अनुसार, ‘उनले आफूलाई सुहाउने भूमिका निर्वाह गर्नेछिन् ।’

सानै उमेरमा विवाह गरेकी बताउने मिनाले विवाह पछिको गृहस्थी जीवनले गर्दा कलाकारिता क्षेत्रमा लाग्न नपाएको बताईन् । विगत बारेको प्रश्नमा उनले आफ्नो विगत खासै सम्झन लायक नभएकोले भविष्यलाई नै रमाइलो र सुन्दर बनाउने प्रयासमा रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्