यही असार २२ गते योगमायाको सतवार्षिकी मनाइदै



२० असार २०७५, काठमाडौं

प्रथम विद्रोणी महिला योगमायाको ७८ औँ स्मृति दिवसको अवसर पारेर कार्यक्रम हुने भएको छ। राजधानीको राष्ट्रिय सभा गृहमा पर्सि असार २२ गते शुक्रबारको दिन उक्त कार्यक्रम हुन लागेको हो।

सामाजिक कुरितको अन्त्य , जातिया विभेदको अन्त्य , प्रितिसतात्मक सोचको अन्त्य जस्ता माग राखी तत्कालिन जाहनिया राणा शासनको विरुद्द आवज उठाउने योगमायाको सम्झनामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक जयन्ति राईले बताइन।

वि. स. १९२४ मा भोजपुर जिल्लाको दिंला स्थित नेपाले डाँडा सिम्लेमा नेउपाने परिवारमा जन्म लिएकी योगमायाले आफुले सरकार समक्षा राखेको मागमा सरकार उदासिन भएको देखेर सरकारको विरोधमा सरकारलाई चेताउन १९९८ साल असार २२ गते हरिशयनी एकादशीका दिन ६८ जना आफ्ना अनुयायी सहित अरुण नदीमा हामफाले र जलसमाधि लिएका थिए ।

तिनै योगमायाको सातवार्षिकी तथा ७८ औँ स्मृति दिवसको अवसर पारेर योगमाया सामाजिक आन्दोलन अभियान समितिले योगमाया सामाजिक आन्दोलन सतवार्षिकी तथा ७८ औँ स्मृति दिवस गर्न लागिएको हो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेस अतिथिको रुपमा उपस्थित हुने भएका छन्। महिलाहरुलाई मात्र कार्यक्रममा वक्ताको रुपमा बोलाईएको योगमाया सामाजिक आन्दोलन अभियान समितिकि सचिव सर्मिला कार्कीले बताईन।

पर्सि २२ गते शुक्रबार विहान १०:३० बाट राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा पुर्व मन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल तथा पुर्व मन्त्री तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य चित्रलेखा यादव वक्ताको रुपमा आउने भएका छन्। पहिलो र ऐतिहासिक समारोह भएको हुँदा सबैलाई उपस्थितिको निम्ति पनि आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्