कम्प्युटरको किबोर्ड र माउसको मुभमेन्टलाइ समेत फेसबुकले राख्छ रेकर्ड : मार्क जुकरबर्ग



१५ असार २०७५, काठमाडौँ

क्याम्ब्रिज एनालाइटिका डेटा लीक भएपछि फेसबुक पनि विवादमा तानिएपछि मार्क जुकरबर्गले अमेरिकी संसद्को माथिल्लो सदनमा स्पष्टीकरण दिनुपरेको थियो । त्यतिखेर उनले प्रयोगकर्ताको निजी जानकारी, रुचि–अरुचि जान्नका लागि उसको कम्प्युटरको कीबोर्ड र माउसको मुभमेन्टसम्ममा पनि नजर राख्ने गरेको स्वीकार गरे । तपाईंको कम्प्युटरमा फेसबुक लगइन छ भने माउसको हरेक क्लिक र कीबोर्डको हरेक प्रयोगको खबर फेसबुककहाँ पुग्छ ।

प्रयोगकर्ता कुनै कन्टेन्टमा कतिबेरसम्म बस्छ भन्ने जानकारी फेसबुकले यसमार्फत पत्ता लगाउँछ । यही हिसाबले उसले प्रयोगकर्तालाई विज्ञापन देखाउँछ । फेसबुकको प्राइभेसी पोलिसीका विषयमा निरन्तर प्रश्न उठ्ने गरेका छन् । अमेरिकी सिनेटमा मार्क जुकरबर्गलाई सोधिएको अनेक प्रश्नको उत्तर उनले तत्कालै दिएका थिए भने बाँकी प्रश्नको जवाफ दिनका लागि उनलाई समय छुट्ट्याइएको थियो । उनलाई कुल दुई हजार प्रश्न सोधिएको थियो । फेसबुकले ४५४ पृष्ठमा यी दुई हजार प्रश्नको उत्तर दिएको थियो ।

फेसबुकले यसरी राख्छ नजर

डिभाइस इन्फर्मेसन तपाईं जुन कम्प्युटर, मोबाइल वा डिभाइसबाट फेसबुक लगइन गर्नुहुन्छ, त्यसको जानकारी फेसबूकले पाउँछ । जस्तो, डिभाइसमा कति स्टोरेज बाँकी छ, कुन कुन फोटो छ, कतिवटा नम्बर सेभ छन् । एप इन्फर्मेसन  फेसबुकलाई प्रयोगकर्ताको डिभाइसमा कुन कुन एप छन् भन्ने पनि थाहा हुन्छ । युजरले कुन एपलाई कति समय दिन्छ भन्ने आधारमा उसले डाटाबेसमा युजर प्रोफाइल सेभ गरिदिन्छ ।

डिभाइस कनेक्सन स् युजरले कुन नेटवर्क प्रयोग गरिरहेको छ वा कुन वाइफाइ चलाइरहेको छ भन्ने पनि फेसबुकले थाहा पाउँछ । फेसबुकले डिभाइस जीपीएसमा पनि नजर राख्छ जसले गर्दा उसलाई प्रयोगकर्ताको लोकेसन पत्ता लाग्छ । यसबाहेक फेसबूकले ब्याट्री लेभल र क्यामरा इन्फर्मेसन पनि राख्छ । फेसबुक एपले युजरको डिभाइसको बढी ब्याट्री त लिइरहेको छैन भनी हेरेर त्यही हिसाबमा एप अप्डेट गर्छ ।यसअघि फेसबुकले क्यामरा र माइक्रोफोनमा नजर राखेको कुरा अस्वीकार गर्दै आएको थियो । तर अहिले त्यसो गर्ने गरेको उसले कबुलेको छ । त्यही हिसाबमा उसले युजरलाई फेसबुक एपमा फिल्टर र अन्य फीचर सुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्