अकबरे खुर्सानी खादाको फाइदाहरु



०७ असार २०७५, काठमाडौँ

“खुर्सानी“ पीरो स्वाद हुने एक प्रकारको फल हो । यसको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । खुर्सानी धेरै थरीका हुन्छन् । त्यसमा पनि तपाई हाम्रै घरमा पाइने अकबरे (डल्ले) खुर्सानीले खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो हुन्छ तर नियमित खान सकेमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

१) डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ त्यसैले यो खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्छ ।

२) यसको नियमित सेवनले मोटोपन घटाउनुका साथै अन्य विभिन्न रोगहरू निको पार्छ ।

३) रगतमा चिनिको मात्रा घटाउनुकासाथै हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।

४) विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भने यसले थकाइ पनि मेटाउछ ।

५)  डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।

६) भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।

७) यसमा रहेको तत्वले छाला सफा राख्ने तथा डन्डीफोर आउन दिँदैन ।

महिलाहरुका लागि उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगत पनि बढाउने गर्दछ । त्यस्तै अन्य फईदाहरुमा रगतमा चिनीको मात्रा घटाउछ, हाडजोर्नी लगाएतका दुखाइ घटाउछ, विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउछ । यसको नियमित सेवनले पिसावको बिरामीलाई लाभदायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्