क्रोएसियाका प्रशिक्षक भन्छन्,‘अर्जेन्टिना हाम्रो लागि विश्वकपकै सहज प्रतिद्वन्दी’



असार २०७५, काठमाडौं

क्रोएसियाका प्रशिक्षक लाट्को डालिसले अर्जेन्टिनालाई विश्वकपकै सबैभन्दा सहज प्रतिद्वन्दी भनेका छन् ।

पहिलो खेलमा नाइजेरियालाई २–० ले पराजित गरेको क्रोएसियाले बिहीबार समूह ‘डी’मा रहेको अर्जेन्टिनासँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

पहिलो खेल आइसल्याण्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

सन  १९९८ को विश्वकपमा पहिलो सहभागितामै तेस्रो भएको क्रोएसियालाई यो विश्वकपमा पनि दाबेदारको रुपमा हेरिएको छ । त्यस पश्चात विश्वकपमा तीन पटक समूह चरणबाटै बाहिएिको क्रोएसियाको यात्रा त्यती सुखद देखिदैन ।  पहिलो खेलमा पाएको सफलताले गर्दा क्रोएसिया आज हुने खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रदैछ । क्रोएसियाको टिममा ठूला क्लबका खेलाडीहरुको वर्चस्व रहेको छ ।

प्रशिक्षक डालिस भन्छन्, ‘अर्जेन्टिनाविरुद्धको खेल हाम्रा लागि सहज खेल हो । किनकी हामीसँग तीन अंक छ र हामी ठूला टिमविरुद्ध खेल्दैछौ । खेललाई मज्जा लिएर खेल्ने हो हामीले गुमाउने केही छैन ।’ हामीले आफ्नो क्षमता अनुसार खल्नुपर्छ अर्जेन्टिनालाई जित्नको लागि राम्रो खेल सँगै भाग्यले पनि साथ दिनु पर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्