विश्वकप चलिरहँदा करछलीको अभियोगमा फेरी मुछिए मेस्सी : हुन सक्छ जेल सजाय



०७ असार २०७५, काठमाडौं

करछलीको अभियोगमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाम पानामा पेपर्स–२ मा परेको
छ ।

अवैध धन लुकाउनेहरुको विवरण समेट्ने पनामा पेपर्सले सार्वजनिक गरेको सुचीमा मेसीको नाम परेको हो । खोज–पत्रकाहरुको अन्तरराष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसी आईजे) ले उक्त सुची सार्वजनिक गरेको छ ।

पानामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुको अबैध सम्पत्ति लुकाउने र कर छल्नेको सत्यतथ्य विवरण खुलाउँदै आएको छ । मेस्सी र उनका पिताले मेघा स्टार इन्टरप्राइजेज नामक अफशोर कम्पनी मार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । मेस्सी पहिलाका पानामा पेपर्समा पनि मुछिएका थिए । तर कम्पनी पुरै निष्क्रिय रहेको दाबी गरेका मेस्सीले कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

पहिले मेसीलाई स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर पहिलो पटक २ वर्ष भन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानून अनुसार मेस्सी जेल सजायबाट छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्