बूनपा १० का ८८ दलित विद्यार्थीलाई स्टेशनरी र पोषाक वितरण (फोटो फिचर)



०७ असार २०७५, काठमाडौं

बूढानिलकण्ठ नगरपालिका र बूनपा १० वडा कार्यालयकोे सहयोग र सृजनशील दलित उपभोक्ता समितिको आयोजनामा बूनपा १० भित्रका ३ सामुदायिक विद्यालयका ८८ दलित विद्यार्थीहरुलाई स्टेशनरी र पोषाक वितरण गरिएको छ ।

बूनपा १० को सवैभन्दा ठूलो विद्यालय बालउद्धार माविका ५४ दलित विद्यार्थीलाई पोषाक तथा स्टेशनरी वितरण गरियो । यसैगरी पाथीभरा आधारभूत विद्यालयका १७ दलित विद्यार्थी र नेपाल चार्टर आधारभूत विद्यालयका १७ दलित विद्यार्थीहरुलाई समेत पोषाक र स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख रमा राईले, ‘बूनपाभित्र कोही पनि बालबालिका किताब, कापीको अभावले विद्यालयबाट बञ्चित हुनु नपर्ने बताईन् ।’

तारा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराई, बालउद्धारका प्रअ विनोद पण्डित, सप्रअ राजन रेग्मी, पाथीभरा आधारभूत विद्यालयका प्रअ विनोद आचार्य, नेपाल चार्टर आवासीय माविका शिक्षिका तुलसी खड्का साथै समाजसेवीहरु पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी, समाजसेवीहरु सुन्दर पुर्कुटी, देवी रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

शैक्षिक सामग्री वितरणको संचालन बालउद्धार माविका सप्रअ राजन रेग्मीले गरेका थिए भने कार्यक्रमको संचालन दिलकुमारी विकले गरेकी थिईन् ।

     

प्रतिक्रिया दिनुहोस्