अधिकाशं जारको पानीमा हैजाको जीवाणु



०६ असार २०७५, काठमाडौं

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन अनुसार सर्वसाधारण जनताले दैनिक उपभोग गर्ने जारको पानीमा दिसामा पाईने जीवाणु (इकोलाई) भेटिएको छ ।

५० ब्राण्डका जारको पानी परीक्षण गरिएकोमा अधिकाशं करिब ७४ प्रतिशत पानीमा उक्त जीवाणु फेला परेको नाष्टका वरिष्ठ बैज्ञानिक अधिकृत भोजराज पन्तले जनाए । त्यसक्रममा इकोलाई सँगै कोलिफर्म पनि फेला परेको थियो ।

अधिकृत पन्तले भने,‘दैनिकजसो पानी उपभोग हुने स्थानहरु कलेज, स्कूल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्राण्डका पानी परीक्षण गर्दा अधिकांशमा सो जीवाणु फेला परेको हो । राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ ।

सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्