आजको राशिफल



वि.सं. २०७५ साल असार ६ गते। बुधबार। इश्वी सन् २०१८ जुन २० तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, ९:५४ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुरुमा हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। मध्याह्नदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। नाम, दाम र इनाम प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रतिभाको कदर हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथले मन उत्साहित हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्