हप्तादिनदेखि हराईरहेकी महिला अजिंगरको पेटभित्र भेटिएपछि (भिडियो सहित)



गत बिहिबारदेखि हराईरहेकी इन्डोनेसियाकी ५४ बर्षिया महिला तिबालाई २३ फुट लामो अजिंगरको पेटभित्रबाट निकालिएको छ ।

उनी आफ्नो तरकारी बारीमा काम गरिरहेको बेला अचानक हराएकी थिईन् । हराईरहेकी तिबालाई आफन्तसहित स्थानीयले खोजी गर्दै जाँदा मुना द्वीपको लावेला गाउँमा अजिंगर फुलेको अवस्थामा भेटेका थिए । फुलेको अजिंगरले महिलालाई निलेको आशंकामा त्यसलाई मारेरे पेट चिरी हेर्दा तिबालाई त्यसभित्र भेटिएको थियो ।

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य भएपनि यसले मानिसलाई निलेको घटना भने निकै नै दुर्लभ भएको पुलिस अधिकारी हिक्माले बताए ।

हिक्माका अनुसार तिबाको चप्पल पाइएको ३० मिटर पर अजिंगर फुलेको अवस्थामा भेटिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्