देशभर एनागल केबल टिभी बन्द हुँदै



०५ असार २०७५,काठमाडौँ

सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग केबल टेलिभिन बन्द गराउँदैछ । टेलिभिजन सेवालाई डिजिटलमा रुपान्तरण गर्न सरकारले अहिले सेवा प्रदायकलाई फटाफट अनुमति दिइरहेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फाइबर पुगेका सुगम क्षेत्रमा अब पूर्ण रुपमा केबल निषेध गरिनेछ । असार सकिएलगत्तै सरकारले उपत्यकाबाहिरका केबल टेलिभिजन बन्द गराउन टोली परिचालन गर्ने योजना बनाइएको छ ।

अब सेट-टप बक्स नजोडिएका टेलिभिजन बन्द हुने निश्चत छ । यसका लागि ग्राहकले बजारमा उपलब्ध विभिन्न प्रविधिका डिजिटल टेलिभिजन सेवाहरु लिन सक्छन् ।

ग्राहकसँग डिजिटलमा जाने विकल्प भएका स्थानमा अब एनागल टेलिभिजन चल्न नदिने मन्त्रालयका एक उच्च अधिकारीले बताए । यसअघि काठमाडौंमा दिइएको समयसीमा नाघेपछि एनगल केबल टेलिभिजनको लाइन काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्