यी लक्ष्यण देखिय बच्चामा हुनसक्छ ब्लड क्यान्सर



क्यान्सरको रोगी विश्वभर नै बढिरहेका छन् । हामीकहाँ पनि क्यान्सर रोगी दिनप्रतिदिन बढ्दो छ । वास्तवमा आज हामीले अपनाउने जीवनशैली, खानपान आदि क्यान्सरको कारण बन्दैछ । अस्वास्थ्य जीवनशैलीले हामीलाई क्यान्सरको जोखिममा पारेको छ ।
क्यान्सर यस्तो भयावह रोग हो, जो अत्यान्तै पीडादायी मात्र हुँदैन, कतिपय अवस्थामा उपचार नुहन समेत सक्छ । क्यान्सर लागेपछि त्यसको उपचार महंगो छ । अर्को कुरा, क्यान्सर लागेको मानिसहरुले त्यसबेला मात्र भेउ पाउँछन्, जतिबेला उपचार ढिला भइसकेको हुन्छ ।
क्यान्सर वंशानुगत रुपमा पुस्ताहरुमा सर्दै आउँछ । यद्यपी अनियमित रहनसहन, गलत खानपानले पनि यो रोगलाई निम्त्याउँछ । अहिले साना बालबालिकामा समेत क्यान्सर देखिन थालेको छ ।
बच्चाहरुलाई हुने क्यान्सरमा धेरैजसो ब्लड क्यान्सर देखिएको छ । अप्ठ्यारो चाहि के छ भने, बच्चालाई यो रोग लागेको सहजै थाहा हुँदैन । सामान्यत क्यान्सर जब कुनै अंगमा फैलिन्छ, तब मात्र त्यसबारे थाहा पाउन सकिन्छ । बच्चामा हुने ब्लड क्यान्सर वा ल्यूकीमिया तिब्र रुपमा बढिरहेको छ ।
के हो ल्यूकीमिया वा ब्लड क्यान्सर ?
ल्यूकीमिया एक किसिमको ब्लड क्यान्सरको सुरुवाती चरण हो । यसको उपचार सजिलै गर्न सकिन्छ । तर, त्यसका लागि यो रोग सुरुवाती अवस्थामा नै थाहा भएको हुनुपर्छ । यदि सही समयमा उपचार गरिएन भने यो खतरनाक र ज्यानमारा पनि हुनसक्छ ।
कसरी थाहा पाउने ?
बच्चामा ल्यूकीमिया अर्थात ब्लड क्यान्सर लाग्ने संभावना छ भनेर कसरी थाहा पाउने त ? किनभने यसको लक्षण सामान्य हुनेगर्छ, जसलाई हामी गंभिरतापूर्वक लिदैनौ । यद्यपी निम्न कुराहरुबाट बच्चामा यो रोगको भय छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
–पटक पटक एकै किसिमको संक्रमण हुनु
– धेरै तिब्र ज्वरो आउनु
– बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
– हरेक समय थकान र कमजोरी महसुष गर्नु
– एनीमिया हुनु
– नाख गिजा आदिबाट रगत बग्ने समस्या हुनु
– जोर्नीमा दुखाई अनुभव हुनु
– शरीरको विभिन्न भाग सुन्निनु
– शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु
– कलेजोसम्बन्धि समस्या हुनु
– अक्सर टाउको दुख्नु । वा माइग्रेनको शिकार हुनु
– पक्षघात अर्थात स्ट्रोक हुनु
– कुनै चिजमा पटक पटक भ्रम हुनु । अर्थात मानसिक रुपले तनावग्रस्त हुनु
– वान्ता हुनु
– छाला चिलाउने समस्या देखापर्नु
– भोक नलाग्ने समस्या हुनु
– कुनैपनि घाउ निको हुन लामो समय लाग्नु
– तिब्र रुपमा फैलिन्छ ल्यूकिमिया
ल्यूकीमिया अर्थात ब्लड क्यान्सरको प्रारम्भिक लक्षणमा फ्लु र अर्को गंभिर बिमार हुन्छ । तर, जब ल्यकीमिया तिब्र रुपमा फैलन थाल्छ, माथि उल्लेखिन सबै किसिमको समस्या एकसाथ देखापर्न थाल्छ । यी समस्यालाई नजरअन्दाज गरियो भने ल्यूकीमिया क्यान्सर कोशिया अर्थात यो ट्युमर कोशिका शरीरको अन्य भागमा फैलन्छ । यही कारण शरीर असामान्य रुपमा सुन्निन थाल्छ । तर सही समयमा ल्युकीमियाको लक्षण पहिचान गरियो र उपचार थालियो भने ब्लड क्यान्सरको खतरा रहँदैन ।
खतरानाक रोग हो ल्यूकीमिया
ल्युकीमिया सेल्सले सोझै रगतलाई प्रभावित बनाउँछ । हुन त ल्युकिमियाको लक्षणलाई अहिले सजिलै थाहा पाउन सकिन्छ । यदि कसैले त्यसलाई नजरअन्दाज गर्छ भने, र ल्यूकीमियालाई समयमै उपचार गदैनन्, भने उनको जीवन धेरैमा चार बर्षसम्म मात्र हुनेछ । यो उमेर पनि प्रतिरोधात्मक क्षमता र ल्यूकीमियाको प्रकारमा निर्भर गर्छ । ल्यूकीमिया अर्थात रक्त क्यान्सरको उपचार ल्यूकीमियाको प्रकारमा आधारमै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्