किन र कसरी हुन्छ स्तन क्यान्सर ? 



महिलाहरुमा देखिने विभिन्न क्यान्सरहरुमध्ये स्तन क्यान्सर दोश्रो स्थानमा पर्दछ । नेपालमा स्तन क्यान्सर हुनको मुख्य कारणबारे हाल विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेकाले नेपाली महिलाहरुमा स्तन क्यान्सर किन हुन्छ भनेर अहिले नै भन्न सकिदैन ।

अझ भनौ, नेपालमा स्तन क्यान्सरको प्रमुख कारण पत्ता लगाउनकै लागि हाल स्तन क्यान्सर पिडितको तथ्यांक संकलन गर्ने काम भैरहेको छ । जसको रिपोर्ट पााच देश दश वर्ष भित्रमा सार्वजनिक हुनेमा हामी विश्वस्त छौ ।

किन लाग्नसक्छ स्तन क्यान्सर ?

यद्यपी, वंशाणुगत कारण, हर्मोन रिप्लेसमेन्ट थेरापी, कम उमेरमा महिनावारी हुने, महिवारी ढिलो बन्द हुने लगायतका कारण पनि स्तन क्यान्सर हुने सम्भावना धेरै भएको पाइन्छ ।

त्यसबाहेक, स्तन क्यान्सर हुने व्यक्तिको शरीरमा एस्ट्रोजनको मात्रा धेरै भएको पाइन्छ ।

कसरी थाहा पाउने ?

स्तन क्यान्सर भएमा स्तनमा गाठागुठी आउने, रगत, पीप बग्ने, स्तनको आकारमा असामान्य वृद्धि हुने, स्तन सुन्निने गर्दछ ।

स्तन क्यान्सर विशेषगरी स्तनमा कोषिकाहरुको असामान्य वृद्धिका कारण हुने गर्छ । यस्ता क्यान्सर स्तनको कुनै पनि भागमा हुनसक्छ । र , यस्ता क्यान्सर क्रमिक रुपमा स्तनमा विकास हुने गर्दछ । कसैकसैलाई मात्र यसले तुरुन्तै आक्रमण गर्दछ ।

कसलाई हुन्छ स्तन क्यान्सर ?

स्तन क्यान्सर महिलाहरुलाई बढी हुने भएकोले यसको आजीवन जोखिममा पनि प्रायः महिलाहरु नै रहने गर्दछन् । जबकी कुल जनसंख्याको एक प्रतिशत भन्दा कम पुरुषहरुलाई मात्र स्तन क्यान्सरको जोखिम हुने गर्दछ । नेपालको परिप्रेक्षमा स्तन क्यान्सर हुने मध्ये ३० वर्ष देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सरको जोखिम ४० प्रतिशत रहने गरेको पाइन्छ ।

त्यस्तै, ४० वर्ष माथिका महिलाहरुमा पनि स्तन क्यान्सर हुने जोखिम बढी हुने भएकाले यो उमेर समूहका महिलाहरुले नियमित रुपमा म्यामोग्राम गर्नु पर्दछ ।

किन र कहिले गर्ने स्तन जााज ?

स्तन क्यान्सर विशेषज्ञको सल्लाहमा स्तन क्यान्सरको जोखिम मापन गरेर एक वर्ष वा दुई वर्षमा स्तनको नियमित जााच गर्नु पर्दछ ।

स्तन क्यान्सर भएको शंका लागेमा स्तनको नियमित चेकजााच गर्नु पर्दछ । र, स्तन क्यान्सर भएको पत्ता लागेमा सुरुवाती अवस्थामा नै यसको प्रभावकारी उपचारद्धारा यसलाई पूर्णतया निको पार्न सकिन्छ ।

नेपालमा स्तन क्यान्सरको रोकथाम सम्भव छ ?

नेपालमा स्तन क्यान्सरको रोकथाम खासै सम्भव देखिन्न । तैपनि नियमित चेकजाच, ब्रेस्ट स्क्रिनिङ्ग, म्यामोग्राम गरेर पनि स्तन क्यान्सर हुनबाट केही हदसम्म बच्न सकिन्छ ।

तर यसको लागि स्तनमा गाठागुठी देखिनु पूर्व नै स्तनको स्क्रिनिङ गराउनु पर्दछ । प्राय नेपाली स्तनमा स्तनमा गाठागुठी देखिए पछि मात्रस्तनको स्क्रिनिङ गराउने गर्दछन् । जुन गलत हो । एक पटक क्यान्सर रोग लागिसकेपछि स्क्रिनिङ गरेर खासै फाइदा नहुने भएकोले पनि स्तन क्यान्सर हुन अगाडी नै यसको स्क्रिनिङ गर्न सुझाव दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्