ज्योतिष हरिहरका अनुसार अल्छीपना हटाउने उपायहरु



०४ असार २०७५, काठमाडौं

स्वस्थ रहनु हरेक मानिसको लागि अपरिहार्य कुरा हो । ‘स्वास्थ्य नै धन हो ।’ यो हाम्रो जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । हामी आफूलाई कसरी स्वस्थ र फिट बनाउन सक्छौ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

हामीले जीवनमा धेरै काम गर्ने चाहना राखेका हुन्छौ तर अल्छीका कारण सोचेको काम गर्न चुकेका हुन्छौ । बसीराख्न मन लाग्ने, उठ्न मनै नलाग्ने, काम गर्न झर्काे लाग्ने, पढ्न मननलाग्ने, सुतीरहन मनलाग्ने आदि इत्यादि अल्छीपनका लक्षण हुन् ।

हामीलाई अल्छी किन लाग्छ भन्ने कुरा थाहापाइरहेका हुँदैनौं । ज्योतिष हरिहर अधिकारका अनुसार अल्छी हटाउने टिप्स यस्ता रहेका छन् ।

१) अल्छी भएका मानिसले औशी पूर्णीमामा माछा मासु खान छोड्नुपर्छ ।
२) तपाइलाई अल्छी लाग्छ भने दिनमा तीन पटक तामाको भाडामा राखेको पानी खाने गर्नुहोस् ।
३) अल्छीपनालाई हटाउन शुक्रग्रहलाई एक्टिभ गराउनु पर्छ । त्यसका लागि सातमुखे रुद्राक्ष लगाउनुपर्छ ।

अल्छीपनालाई हटाउन माथीका टिप्स अपनाउनु भयो भने दुई महिनामा तपाईको अल्छीपना हटेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्