कोलम्बियामा नयाँ राष्ट्रपति



४ असार २०७५, बोगोटा

कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित  भएसँगै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचिन अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरु पूर्ण परिमार्जन गर्ने वाचा पनि गरेका थिए । उनी विद्रोहीहरुप्रति अनुदारवादी नेताका रुपमा परिचित छन् ।

इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरुले दिएका छन् । उनीहरुले डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

उनले केही समय अघि मात्र कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक थिए ।

शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमार्जन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएको शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ ।

उनका प्रतिद्वन्द्वीमा त्यहाँका पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो रहेका थिए । उनले फार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आएका छन् ।

उनले करिब ४१ प्रतिशत मत ल्याएका छन् । उनी डुकेको निकटतम प्रतिद्धन्द्धी हुन् ।

राष्ट्रपतिमा इभान निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविश्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्