मेस्सीले पेनाल्टी मिस गर्दा रोइन श्वेता खड्का (भिडियो सहित)



०४ असार २०७५, काठमाडौं

समुह ‘डि’ मा रहेका अर्जेन्टिना र आइसल्याण्डविच भएको पहिलो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीले पेनाल्टी मिस गर्दा नायिका तथा निर्मात्री श्वेता खड्काको आखाँमा  आशु छचल्कियो ।

पहिलो पटक विश्वकपमा सहभागी भएको टिम आइसल्याण्डसँगको खेलमा अर्जेन्टिना १–१ को बराबरीमा सिमित भएको थियो । उक्त खेलमा मेसीले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अहिले सर्वत्र आलोचना खेप्नु परेको छ । आइसल्याण्डसँगको खेलमा मेसीले पाएका धेरै अवसरहरु खेर फालेका थिए ।

नायिका श्वेताको मनपर्ने टिम अर्जेन्टिना हो भने मनपर्ने खेलाडी रोनाल्डो र मेसी हो । आफूलाई अर्जेन्टिनाको फ्यान बताउने नायिका खड्काले विश्वकपमा अर्जेन्टिना छनौट नभए पोर्चुगोललाई सपोर्ट गर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्