सेन्चुरी बैंकको १०० औं शाखा झुम्का बजारमा



०४ असार २०७५, झुम्का

सेन्चुरी कमर्सियल बैंकले सुनसरीको झुम्का बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । रामधुनी नगरपालिका १ झुम्का बजारमा एक कार्यक्रमविच नयाँ शाखाको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीले उद्घाटन गरेका छन् ।

सेन्चुरी कमर्सियल बैंकको यो १०० औं शाखा हो । झुम्का शाखाको उद्घाटनपछि बोल्दै बैंकका अध्यक्ष श्रेष्ठले सेन्चुरी बैंकले हाइड्रो पावर, व्यवसायिक कृषि, अन्य व्यवसायिक क्षेत्रमा गरी बैंकले ५३ अर्व बढीको लगानी गरिसकेको बताए । त्यस्तै उनले ग्रामीण क्षेत्रलाई लक्षित गरी शाखा खोल्ने क्रम शुरु गरेको जानकारी गराउँदै सुनसरीको चतरामा समेत शाखा सञ्चालनमा आइसकेको र निकट भविष्यमा मोरङको रगेंलीमा समेत शाखा विस्तार गर्ने योजना रहेको बताए ।

सुभारम्भ कार्यक्रमको अवसरमा रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरीले विकास निमार्णमा अघि वढ्दै आइरहेको ग्रामिण क्षेत्रलाई छनोट गरेर शाखा कार्यालय सञ्चालनमा ल्याएको भन्दै आभार प्रकट गरे । शाखा विस्तार सँगै विभिन्न क्षेत्रमा लगानी वढाउने सोचका साथ बैंकले काम गरिरहेकाले त्यसबाट लाभ लिदै पर्यटन, कृषि, व्यापारका लागि ऋण लिएर व्यवसाय अगाडी बढाउन सके रामधुनीको विकास हुने चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्