यौन प्रस्ताब अस्वीकार गर्दा काकीमाथी निर्घात कुटपिट



०३ असार २०७५, काठमाडौँ

यौन सम्बन्ध प्रस्ताब अस्वीकार गर्दा एकल महिला आफ्नै सहोदर भतिजाबाट निर्घात कुटिएकी छन्।

२५ वर्षीय नवीन मण्डलले अवैध सम्बन्ध राख्न खोजेको प्रस्ताव अस्वीकार गर्दा  ३५ वर्षीया सुनिता मण्डलमाथी निर्घात कुटपिट भएको हो । उनलाई भतिजा मण्डलल नै कुटेका थिए । पतिको आठ वर्षअघि सवारी दुर्घटनामा मृत्यु भए पछि एक्लै बस्दै आएकीछन् ।

पीडित महिलाले पीडकविरुद्ध बिहीबार उजुरी दिएकी छन् । उजुरीमा बुधबार राति साढे १० बजेतिर अत्याधिक मदिरा सेवन गरी आएका भतिजा मण्डलले कोठामा आफूलाई एक्लै भेटेपछि कोठाको ढोका बन्द गरी अवैध सम्बन्ध राख्न प्रस्ताव र दबाब दिएको उल्लेख गरेकी छन् ।

प्रस्ताव अस्वीकार गर्दा भतिजाले बल प्रयोग गरेको र प्रतिकार गरेपछि मरणासन्न हुने गरी कुटपिट गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्